एमाले अध्यक्ष ओलीलाई भेट गरे माओवादी महासचिव गुरुङले

सरकार गठनको चर्चासँगै दलका नेताहरुको राजनीतिक भेटघाटमा तीब्रता
बुधबार, मंसिर २८, २०७९

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै सरकार गठनका लागि प्रमुख दलका नेताहरुले राजनीतिक भेटघाटलाई तीब्रता दिएका छन् । केही दिन यता काँग्रेस, नेकपा एमाले तथा माओवादी केन्द्रका नेताहरुले दुई पक्षीय तथा बहुपक्षीय भेटघाटलाई निरन्तरता दिन थालेका छन् । यसै सन्भर्दमा नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता भएको छ । ओलीलाई भेट्न गुरुङ मंगलबार साँझ उनको निवास बालकोट पुगेका थिए । निर्वाचन जितेकामा बधाई तथा शुभकामना दिनका लागि मात्र आफू भेट्न गएको गुरुङ बताउँछन् । “निर्वाचन जितेका वरिष्ठ नेतालाई त शुभकामना दिनुपर्‍यो”, गुरुङले भने, “ओलीजीलाई शुभकामना दिएको हुँ । थप कुराकानी भएको छैन ।”
नयाँ सरकार गठनको चर्चा चलिरहेका बेला एमाले अध्यक्ष र माओवादी महासचिवको सो भेटलाई महत्त्वका साथ हेरिएको छ । तर, उनले सरकार निर्माणका बारेमा छलफलै नभएको जिकिर गरे ।

प्रकाशित मिति: बुधबार, मंसिर २८, २०७९  १३:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार