पर्यटनमन्त्री भानुभक्त ढकाललाई कोभिड संक्रमण

आइतबार, वैशाख १९, २०७८

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाललाई कोभिड–१९ पोजेटिभ देखिएको छ । आइतबार गरिएको स्वाब परीक्षणमा मन्त्री ढकलालाई कोभिड पोजेटिभ देखिएको पर्यटनमन्त्रीका प्रेस संयोजक माधवप्रसाद तिवारीले जानकारी दिए ।  मन्त्री ढकालसँगै उनकी धर्मपत्नी इन्दिरा फूयाँललाई पनि कोभिड पोजेटिभ देखिएको छ । हाल उनीहरू दुबै निवासमै आइसोलेशनमा छन् । स्वास्थ्य अवस्था पनि सामान्य रहेको छ । मन्त्री ढकालकी धर्मपत्नी फूयाँलमा भने सामान्य लक्ष्यण रहेको छ ।
 

प्रकाशित मिति: आइतबार, वैशाख १९, २०७८  २०:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार