सोसल मिडिया
Contact Us
युनिकोड
पोखरा । पोखरा महानगरले २४ वटा फर्महरूलाई उद्यमशीलता व्यवसाय प्रवर्धन तथा नवप्रवर्तन कार्यक्रम अन्तर्गत स्टार्ट अप अनुदान प्रदान गरेको छ । युएनडिपीसँगको साझेदारी तथा गोनेसाको व्यवस्थापनमा पोखरा महानगर अन्तर्गतको व्यवसाय प्रवद्र्धन केन्द्र बिपिसी अन्तर्गत उद्यमशीलता व्यवसाय प्रवद्र्धन तथा नवप्रवद्र्धन केन्द्र परियोजनाको सहजिकरणमा उद्यमशीलता तथा नवप्रवर्तन कोष मार्फत ती फर्मलाई अनुदान दिइएको हो । महानगरप्रमुख आचार्यले व्यवसाय सञ्चालनका लागि प्रोत्साहन तथा नयाँ रोजगारी सिर्जनामा यो अनुदानले सहयोग गर्ने विश्वास व्यक्त गरे । ‘व्यवसाय सञ्चालन तथा रोजगारी सिर्जनामा पहिलो पाइला महत्वपूर्ण हुन्छ, त्यस कारण नवीनतम सोच भएका व्यक्ति तथा फर्महरूलाई प्रोत्साहन होस् भनेर हामीले अनुदानको व्यवस्था गरेका हौं’ प्रमुख आचार्यले भने, व्यवसायमा लगनशीलता बढोस्, एमाउण्टका हिसाबले रकम सानो होला तर पहिलो पाइलामा यो पुरस्कार प्राप्त गर्नु महत्वपूर्ण कुरा हो ।’ रोजगारी सिर्जनाका लागि महानगरले निरन्तर पहल गर्ने बताए । सुन्ती पुर्जा (हस्तकला), सरस्वती अधिकारी थापा (गँड्यौला पालन, कौसी खेती र फोहोर मैला व्यवस्थापन), चुत्रल कृषि समूह (कृषि उत्पादन), ग्रिन रोड वेस्ट म्यानेजमेन्ट (प्लास्टिक व्यवस्थापन), एक कल होम सोलुसन (विभिन्न सेवाका लागि प्राविधिक सेवा), सुवास परियार (वातावरणमैत्री झोला प्रवद्र्धन), रेखा कुमारी थापा (गँड्यौला मल प्याकेजिङ), बाबुराम बस्ताकोटी (आर्ट एन्ड ह्याण्डी क्राफ्ट), प्रेम बहादुर विक (मेटल उद्योग), महिला सीप विकास संस्था (हस्तकला उत्पादन), पोखरा तारा मण्डल एन्ड विज्ञान केन्द्र (सिकाई प्रवद्र्धन) र जमुना सुनार (हस्तकला) लाई नगद जनही ५० हजारका दरले अनुदान प्रदान गरिएको थियो । यसैगरी, झलक प्रसाद बराल (पोल्टी), तारानाथ पहारी (कृषि पर्यटन), पोखरा वर्डस एन्ड एग्रो फार्म (कृषि), ज्योति प्रोभिजन स्टोर (लोकल ध्यू तथा पनिर उत्पादन),पिन शोभा गुरुङ (विषादी मुक्त अग्र्यानिक उत्पादन), रनदेवी गुरुङ (कृषि तथा पशुपालन), विश्वबन्धु पोखरेल (कृषि तथा पशु), विष्णु माया आचार्य (हस्तकला), पद्मावति खाद्य उद्योग (आयुर्वेदिक औषधी तथा जडीबुटी), बिजुला परिवार (टेलर्स), देविथान कृषि फर्म (कृषि) र ग्रिनवायोट्रिक एन्ड रिसर्च सेन्टरलाई पनि जनही ५० हजार अनुदान दिइएको थियो । पोखरा महानगरक्षेत्र भित्र नयँ व्यवसाय तथा नवितम सोचका साथ व्यवसाय सञ्चालन गर्ने तयारी गरिरहेका युवा÷महिला÷वैदेशिक रोजगारीबाट फर्किएका व्यक्ति तथा फर्महरूलाई व्यवसाय सञ्चालनका लागि हौसला स्वरूप अनुदान प्रदान गरिएको परियोजनाका संयोजक नवराज अधिकारीले बताए । पोखरा महानगर अन्तर्गत व्यवसाय प्रवद्र्धन केन्द्र (बिपिसी) द्वारा प्रकाशित सूचनाको आधारमा सूचीकृत भई छनौटमा परेकालाई अनुदान उपलब्ध गराइएको हो ।