आइतबार ७,२११ संक्रमित थपिए,  २७ जनाको मृत्यु

सक्रिय संक्रमण ४८ हजार भन्दा बढी
आइतबार, वैशाख १९, २०७८

काठमाडौं । नेपालमा दिन प्रति दिन कोरोना भाइरसका संक्रमित थपिने क्रम बढ्दो छ । आइतबार मात्रै मुलुक भर कोरोनाभाइरसका ७,२११ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु भएको छ । १६ हजार १४७ पीसीआर र ६२३ एन्टीजेन नमूना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । काठमाडौं उपत्यकाका तीन जिल्लामा पछिल्लो २४ घण्टामा ३,५९५ जना संक्रमित थपिएका छन् । सक्रिय संक्रमित संख्या ४८ हजार ७११ पुगेको छ ।
 

प्रकाशित मिति: आइतबार, वैशाख १९, २०७८  १७:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार