ईश्वर पोखरेलले नर्भिक पुगेर भेटे खनाललाई

आइतबार, वैशाख १९, २०७८

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले आज नेकपा (एमाले) का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।  नर्भिक अस्पताल पुगेर उनले नेता खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका उनका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए । कोभिड–१९ सङ्क्रमण देखिएपछि नेता खनाल शनिबार नर्भिक अस्पतालमा भर्ना भएका छन् । उनलाई शनिबार साँझदेखि नै अक्सिजनको सहयोगमा उपचार शुरु गरिएको थियो ।
 

प्रकाशित मिति: आइतबार, वैशाख १९, २०७८  १७:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार