जसपाका पदमुक्त सांसदका रिट दर्ता गर्न अस्वीकार

आइतबार, वैशाख १९, २०७८

काठमाडौं । सर्वाेच्च अदालत प्रशासनले जनता समाजवादी पार्टी (जसपा) को लुम्बिनी प्रदेशसभाका चारजना सदस्य (सांसद) को रिट निवेदन दर्ता गर्न अस्वीकार गरेको छ ।  प्रदेशसभा सदस्यबाट पदमुक्त गरिएको निर्णयविरुद्ध आज सर्वाेच्च अदालतमा पुगेका सन्तोषकुमार पाण्डे, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्सालको रिट निवेदन दर्ता गर्न अस्वीकार गरिएको हो ।  सर्वाेच्च अदालतका सहरजिष्ट्रार बाबुराम दाहालका अनुसार कोरोना भाइरस सङ्क्रमणको महामारीका कारण बन्दीप्रत्यक्षीकरण र कोरोना सङ्क्रमणसँग सम्बन्धित बाहेक अन्य विषयका निवेदन दर्ता नहुने निर्णय भएको हुनाले दर्ता गर्न अस्वीकार गरिएको हो ।  जसपा प्रदेश संसदीय दलको सिफारिसनुसार प्रदेशसभा सचिवालयले प्रदेशसभा सदस्यबाट पदमुक्त गरेको हुँदा उक्त निर्णय निर्णय बदर गरी आफूहरूलाई  यथावतरूपमा कामकारबाही गर्नका लागि परमादेशको ओदशको माग रिट निवेदनमा थियो ।
 

प्रकाशित मिति: आइतबार, वैशाख १९, २०७८  १६:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार