मानवतस्करको मन; 'तलव नपाएको गुनासो गर्दा भिषा रद्दको धम्की'

शनिबार, मंसिर २४, २०७९

काठमाडाै‌ । बसुन्धारास्थित लिंक इन्टरनेशनल प्लेसमेन्ट सर्भिस नामको  मेनपावर कम्पनीबाट सेक्यूरीटी गार्डका रुपमा काम गर्न चार महिना अघि यूनाइटेड अरव इमेरेट्स्को आवुधावी पुगेका गोरखाका हुमनाथ सापकोटा (टिकाराम)को भिषा मानवतस्करको इच्छा अनुसार नचल्दा रद्द गर्ने धम्की दिइएको छ ।

गएदेखिकै पारिश्रमिक नपाएका सापकोटा नियमित ड्यूटीमा थिए तर, पनि बिना कारण उनलाई गत बुधबारदेखि कामबाट हटाएको पत्र थमाइएको छ । फराह कन्ट्र्याक्टीड एण्ड जनरल ट्रान्सपोर्ट कम्पनीले बुधबार दिएको पत्रमा भिषा रद्दको प्रोसेस अगाडी बढाइने जानकारी गराइएको छ । यद्यपि, आफूले पाउनु पर्ने सम्पूर्ण पारिश्रमिक, जाँदा तिरेको लागत रकम र क्षतीपूर्ति नपाएसम्म सापकोटाले हस्ताक्षर गर्न मानिरहेका छैनन् । र, नगर्ने अडानमै छन् ।

paper1670683858.jpg

उक्त कम्पनीमा सयौं नेपाली लामो समयदेखि बिना पारिश्रमिक काम गरिरहेका छन् । यसै शिलशिलामा लामो समयदेखि खानाको रकम समेत कम्पनीले नदिएको भन्दै क्याट्रिड्गले बिहान-बेलुकीको खाना समेत बन्द गरिदिएपछि नेपाली लगायतका कयौं श्रमिक भोकभोकै परिरहेको समाचार नेपालका मिडियामा प्रकाशित भएको थियो । उक्त समाचार उनै हुमनाथ सापकोटाले पठाएको आशंका गर्दै लिंक इन्टरनेशनल प्लेसमेन्ट सर्भिसका सञ्चालक कमल काफ्ले समस्याग्रस्त कम्पनीको भिजीटमै रहेका बेला उनलाई त्यस्तो पत्र दिइएको हो ।

काफ्लेले नै कम्पनीलाई त्यस्तो पत्र दिन लगाएको आशंका गरिएको छ । त्यहाँ अन्य थुप्रै नेपालीले पारिश्रमिक नपाएसम्म काम नगर्ने भन्दै त्यसै बसिरहेका बेला काफ्लेले "छोरी कुटेर बुहारी तर्साउने" भनेझैँ हुमनाथमाथि एक्सन लिएर अरुलाई काम गर्न बाध्य पार्न खोजेको देखिन्छ । त्यहाँ काम गर्न अनिच्छुक सयौं कामदार रहेकाले लिंक इन्टरनेशनलका काफ्लेले हुमनाथमाथि एक्सन लिन खोजेका हुन् ।

prakash1670683870.jpg

दुई लाख साठी हजार रकम बुझाएर हुमनाथ चार महिना अघि मात्र लिंक इन्टरनेशनल मेनपावरबाट आवुधावीस्थित फराह कन्ट्र्याक्टीड एण्ड जनरल ट्रान्सपोर्ट कम्पनीमा सेक्यूरिटी गार्डका रुपमा काम गर्न गएका थिए । सापकोटासँगै एउटै लटमा २४ जना श्रमिक र ६ जना सेक्यूरीटी गार्डमा काम गर्न गएका थिए । त्यसरी जानेहरुमा कसैकसैले त ३ लाख बीस हजारसम्म बुझाएको गुनासो पिडीतको छ । त्यहाँ पुगेदेखि नै समस्यामाथि समस्या उत्पन्न भइरहेको र उक्त जानकारी लिंक इन्टरनेशनलका सञ्चालक काफ्लेलाई गराउँदा उनले समस्या सामाधानका लागि पहल गर्नुको सट्टा उल्टो आफूलाई नचिनेको भए चिन्न र काम गर्ने मन नभए राजिनामा दिएर फर्कन धम्की समेत दिएको गुनासो यसअघि नै पिडीतले गराइसकेका थिए ।

हुमनाथलाई कामबिहीन गर्नुका साथै बिना कारण भिषा रद्द गर्ने पत्र थमाइएपछि त्यहाँ कार्यरत श्रमिक आफूहरुलाई पठाउने लिंक इन्टरनेशनल प्लेसमेन्टप्रति रुष्ट बनेका छन् । उनीहरुले आफन्तजनलाई खबर गरी उक्त मेनपावरका विरुद्ध कारवाहीका लागि सम्वन्धित निकायमा उजुर गर्न समेत आग्रह गरेको बताइएको छ ।

भारतको मुम्वईमा मुख्य कार्यालय रहेको लिंक इन्टरनेशनल प्लेसमेन्ट सर्भिस नामको मेनपावर कम्पनीले आफ्नो शाखा कार्यालयको हैसियतमा नेपालको लिंक इन्टरनेशनललाई प्रयोग गर्दै आएको प्रमाणित भएको छ । एउटै लोगो, एउटै नाम, उही काम रहेको लिंक इन्टरनेशनल प्लेसमेन्टले भारतीय कामदार र नेपाली कामदार बीच ठूलो भेदभाव गर्दै आएको छ । एउटै कम्पनीमा काम गर्दा भारतीयको सेवा-सुविधा र पारिश्रमिक भन्दा नेपाली श्रमिक त्यो सुविधाबाट वञ्चित छन् । नियमित पारिश्रमिक पाउनु त कता-कताको कुरा उल्टो विना कारण फिर्ता गर्न खोज्नुले मानवतस्करको मन कतीसम्म कठोर हुँदोरहेछ ? पुष्टी भएको छ ।

लिंक इन्टरनेशनलका लेखापाल समेत रहेका दलालका पनि महादलाल प्रकाश पौडेलले हाल आवुधावीमा रहेका काफ्लेलाई उचालेर हुमनाथलाई फर्काउन खोजेको बताइएको छ । लिंक इन्टरनेशनल म्यानपावर कम्पनीमा दलालसँग डील गर्ने जिम्मेवारी लेखापाल पौडेलले लिएका छन् । उक्त मेनपावर कम्पनीमा प्रकाश पौडेललाई सबैले महादलालका रुपमा चिन्छन् । उनी कुनै पनि काम कमिशन बीना गर्दैनन् ।

प्रकाशित मिति: शनिबार, मंसिर २४, २०७९  २०:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार