भृकुटीको शालिक अनावरण  

बिहीबार, मंसिर २२, २०७९

काठमाडौँ ।   काठमाडौँको प्रदर्शनीमार्गस्थित भृकुटी फन पार्कमा राष्ट्रिय विभूति भृकुटीको शालिक अनावरण गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले आज सो शालिक अनावरण गरीन्  ।“२१औँ शताब्दीमा आएर भृकुटीकोे पहिचानसहितको शालिक बनेको छ । भृकुटीको नाममात्र भएको यस स्थानमा अब उहाँको पहिचानसहितको शालिक बनेको हो”, उनले भनिन् , “सातौँ शताब्दीमा नेपालको धर्म र संस्कृतिलाई चीनसम्म फैलाउनुहुने राष्ट्रिय विभूति भृकुटीलाई आज यस रुपमा सम्झनु प्रशंसनीय काम हो ।” उनले मण्डप र पार्कमा आउँदा भृकुटी को हुन् भन्ने जिज्ञासा मेट्न शालिक महत्वपूर्ण भएको धारणा व्यक्त गरीन्   

प्रकाशित मिति: बिहीबार, मंसिर २२, २०७९  १७:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार