Tihar Banner Tihar Banner
Tihar Banner Tihar Banner

 तामाङ पत्रकार संघले  १९ औं स्थापना दिवस मनायो   

  ललितपुर शाखाद्वारा   पत्रकारहरु सँग  अन्तरक्रिया      
बिहीबार, मंसिर २२, २०७९

ललितपुर  । तामाङ पत्रकार संघ ( एटीजे ) ललितपुर शाखाले संस्थाको १९ औं स्थापना दिवस मनाएको छ। मंसिर २१ गते बुधवार ललितपुरको लगनखेलमा रहेको अशोक स्तुपामा अन्तर्क्रिया तथा दिप प्रज्वलन गरी एटीजेले  स्थापना दिवस मनाएको हो।  वागमती  गाउँपालिकाका सामाजिक विकास शाखा संयोजक तथा वडा नं ४ वडाध्यक्ष रामकुमार थिङ तामाङको प्रमुख आतिथ्यतामा स्थापना दिवस मनाइएको हो। कार्यक्रममा वडाध्यक्ष थिङले मातृभाषामा कलम चलाएर तामाङ समूदायको समस्यालाई तामाङ पत्रकारहरुले उठान गरेकोमा प्रशंसा गरे।  उनले     भने ललितपुर जिल्ला खास गरी क्षेत्र १ मा तामाङ समुदायको बाक्लो बस्ती रहेको उल्लेख गर्दै छरिएर रहेका तामाङ समुदायलाई एकीकृत गर्ने महत्त्वपूर्ण भूमिका तामाङ पत्रकारहरुले खेलेको  बताए ।  उनले   भने  वडा तथा वागमती  गाउँपालिकाले समृद्ध वागमती , सुखी अभियान बनाउन तयार पार्ने ,ु वडाको  लक्ष्य   रहेको थिङले  बताए  ु उनले  भने यसमा तामाङ पत्रकार संघले धेरै सहयोग गरेको छ ।    318553081_6056509994359865_4531250225991586195_n1670483416.jpg तामाङ पत्रकारको क्षमता विकासका लागि सहकार्य गर्नसमेत आफ्नो वडा तयार रहेको  जानकारी  गराए  ।संघका जिल्ला अध्यक्ष प्रकाश थिङ तामाङले एटीजेको परिचय र उद्देश्यबारे जानकारी गराएका थिए।  उनले  भने २०६१ मंसिर २१ गते तामाङ सञ्चार समूहको नामबाट सुरु भएको यो संस्थाको पछि नाम परिस्कृत गर्दै तामाङ पत्रकार संघ भएको  बताए । एटीजेको हाल दुई प्रदेश कार्यसमिति, २२ जिल्ला   , एक  र  प्रवास कार्यसमिति रहेका   जानकारी  गराए ।  

प्रकाशित मिति: बिहीबार, मंसिर २२, २०७९  १२:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार