बुद्धको एटिआर ७२ बाट काठमाडौं–सुर्खेत उडान पुस १ गतेदेखि  सुरु   

बुधबार, मंसिर २१, २०७९

काठमाडौं ।  आगामी पुस  १  ( डिसेम्बर १६ )  देखि बुद्ध एयरले एटिआर(७२ ) जहाजबाट काठमाडौं–सुर्खेत उडान गर्ने भएको छ।  यात्रुको बढ्दो माग र सुविधाका लागि बुद्धले एटिआर(७२ मार्फत उडान गर्न लागेको हो।    बुद्धले दैनिक बिहान १० बजे काठमाडौंबाट सुर्खेत र ११ः३५ बजे सुर्खेतबाटकाठमाडौं उडान गर्ने बताएको छ।  बुुद्धले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै हाल सञ्चालनमा रहेको एटिआर(४२)  उडानबाट यात्रुहरूको मागअनुरूप सिट संख्या कम भएकाले एटिआर–७२ मार्फत उडान गर्न लागेको बताएको छ।     


 

प्रकाशित मिति: बुधबार, मंसिर २१, २०७९  १५:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार