Dashain Banner
Dashain Banner

थापाथलीको सुकुमबासी वस्ती हटाउन माग गर्दै स्थानीयले  मेयर शाहलाई   बुझाए ज्ञापनपत्र        

मंगलबार, मंसिर २०, २०७९

काठमाडौं । काठमाडौंको थापाथलीस्थित सुकुमबासी बस्ती हटाउन माग गर्दै स्थानीयले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई ज्ञापनपत्र बुझाएका छन् । स्वतस्फुर्त भेला भएका सर्वसाधारणले हिजो सोमबार ज्ञापनपत्र बुझाएका हुन् । उनीहरूले थापाथलीस्थित बागमती खोलाको किनारामा रहेको सार्वजनिक सरकारी जग्गा अतिक्रमण गरी आफूखुशी मनलागी, अशोभाविक एवं अनियन्त्रित रुपमा बसिरहेका कथित सुकुमबासीका कारण खोला प्रदुषित भएको, राजधानीको सौन्दर्यमा समेत प्रतिकूल असर परेको जनाएका छन् ।  अस्तव्यस्त बसोबास र दिउँसै खुल्ला रुपमा घरेलु हतियारका कारण राजधनीवासी भयावह र असुरक्षित महसुस गरेको उल्लेख गरेका छन् । उक्त बस्तीमा रहेका वास्तविक सुकुमबासीको पहिचान गरी व्यवस्थापन गर्नु पर्ने र सुकुमबासीको नाममा सरकारी जग्गा अतिक्रमण गर्नेलाई कारबाही गर्नुपर्ने उनीहरूले  माग  राखेका  छन्  ।

प्रकाशित मिति: मंगलबार, मंसिर २०, २०७९  १४:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार