काठमाडौं महानगरले लोक सेवाका वैकल्पिक उम्मेदवारलाई जागिर दिने   

मंगलबार, मंसिर २०, २०७९

काठमाडौं । काठमाडौं महनागरपालिकाले लोक सेवा आयोगले लिएको परीक्षामा वैकल्पिक उम्मेदवारका रूपमा सिफारिस भएकाहरूलाई जागिर दिने भएको छ । काठमाडौं महानगरपालिकाद्वारा सम्पादन हुने पूर्वाधार सम्बन्धी कामका लागि यस्ता उम्मेदवारहरूलाई करारमा जागिर दिन लागिएको हो ।महानगरले एक सूचना जारी गर्दै लोक सेवा आयोगको परीक्षामा वैकल्पिकमा सिफारिस भएकाहरूलाई सात दिनभित्र निवेदन दिन आग्रह गरेको छ । सिभिल इन्जिनियरदेखि स्टक्चर इन्जिनियरको परीक्षामा वैकल्पिकमा सिफारिस भएका उम्मेदवारहरूले मौका पाउनेछन् ।  

प्रकाशित मिति: मंगलबार, मंसिर २०, २०७९  १३:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार