पत्रकार भट्टराईप्रति  श्रद्धाञ्जली अर्पण   

आइतबार, मंसिर १८, २०७९

राजविराज ।  सप्तरीका वरिष्ठ पत्रकार तथा नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय उपाध्यक्ष, मधेस प्रदेश मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराईको पार्थिव शरीरमा आज अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको छ ।     मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, मधेसका अर्थमन्त्री शैलेन्द्रप्रसाद साह, प्रदेश नं १ का स्वास्थ्यमन्त्री जयराम यादव, निर्वाचन आयोगका पूर्वआयुक्त डा अयोधिप्रसाद यादव सहितका शीर्ष नेता तथा उच्च व्यक्तित्वले भट्टराईको गृहनगर  राजविराजमा पुगी उनको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरेका  हुन्  ।    नेपाल पत्रकार महासङ्घ शाखा सर्लाहीको ११औँ साधारणसभामा भाग लिन सर्लाही पुगेका  भट्टराईको हृदयघातका कारण शनिबार सर्लाहीमै निधन भएको थियो ।   नेपाल पत्रकार महासङ्घ शाखा सप्तरीमा अध्यक्ष श्रवणकुमार देवलगायतले स्व भट्टराईलाई श्रद्धाञ्जली अर्पण गरे  । उनको शवलाई राजविराज नगरपालिकाको परिक्रमापश्चात कोशी ब्यारेजमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।  
 

प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९  १८:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार