सुनाकोठीको जेष्ठ नागरिक दिवा सेवा केन्द्र १३ औं वर्षमा

शनिबार, मंसिर १७, २०७९


ललितपुर :ललितपुर महानगरको सुनाकोठीमा अवस्थित बौद्ध जन बिहारद्धारा संचालित जेष्ठ नागरिक दिवा सेवा केन्द्र १३ औं वर्षमा प्रवेश गरेको छ । केन्द्रको १३ औं वार्षिककोत्सवको अवसरमा आयोजित कार्यक्रममा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले सेवा केन्द्रले जेष्ठ नागरिकको सेवामा महत्वपूर्ण काम गरेको बताए । ललितपुर महानगरकी उपप्रमुख मंजली शाक्य बज्राचार्य महानगरको सबै वडामा यस्ता केन्द्रको आवश्यकता भएको बताइन् । गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले गोदावरी नगरपालिकाको केही वडाहरुमा जेष्ठ नागरिकका लागि सेवा केन्द्र सुरु गरिएको बताए । अन्य वडाहरुमा पनि यस्ता केन्द्र स्थापनाका लागि काम थालिएको जानकारी दिए । कार्यक्रममा ललितपुर महानगर वडा नं २७का वडा अध्यक्ष कृष्णहरि महर्जनलगायतको उपस्थिति थियो । केन्द्रमा बिहान १० बजेदेखि ४ बजेसम्म जेष्ठ नागरिक बस्ने व्यवस्था मिलाइएको छ । दिवा सेवा केन्द्रमा बौद्ध धर्मसम्बन्धी दर्शन, भजनकीर्तन गर्ने गरिन्छ । कार्यक्रममा जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो ।
 

प्रकाशित मिति: शनिबार, मंसिर १७, २०७९  २१:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार