सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौ । पटक(पटक अनियमित क्रियाकलापमा मुछिँदै आएको र काण्डै(काण्डमा फँसेको समाज कल्याण परिषद् फेरि एउटा देख्दा सामान्य लाग्ने तर, भित्रभित्रै राम्रो आम्दानीको स्रोत रहेको पार्किड्ग प्रकरणको विवादमा तानिएको छ ।नेपाल ल क्याम्पसको गेटै अगाडी पिच सडकमा यतीबेला सस्शुल्क पार्किड्गको तुल झुण्ड्याइएको छ । उक्त तुलमा भृकुटीमण्डप पार्किड्गू भनेर लेखिएको छ । प्रति घन्टा चार पाड्ग्रे सवारीको ५० रुपैया र दुई पाड्ग्रे सवारीको २५ रुपैया शुल्क तोकिएको छ । अचम्म के भने, सरकारी जग्गामा कसको स्वीकृतीमा कसले त्यसरी खुलेआम महंगो सस्शुल्क पार्किड्गको धन्दा चलाएको हो रु कसैलाई चासो छैन । स्वयम् जग्गा धनी समाज कल्याण परिषद्को भृकुटीमण्डप सञ्चालन कार्यालय त उक्त क्रियाकलाप बारे मौन मात्रै होइन, बेखवर जस्तै देखिन्छ । तर, त्यसरी असुल गरिएको मध्ये ठूलै रकम भृकुटीमण्डप सञ्चालन कार्यालयका केही कर्मचारीलाई उपलब्ध गराउने गरिएको पार्किड्ग सम्वद्ध स्रोतले जानकारी दिएको छ ।
राजधानीमा पार्किड्गको धन्दा गर्ने समुह(समुहमै छन्, उनीहरुको पहुँच माथिल्ला शक्तिकेन्द्र सम्मै छ । देख्दा सामान्य लाग्ने यो धन्दाबाट मासिक लाखौं(लाखको कारोबार हुन्छ । त्यसमाथि पनि भृकुटीमण्डप क्षेत्र व्यापारिक एवम् कलेज क्षेत्र भएकाले दैनिक राम्रै कारोबार हुने गर्छ । आखिर त्यसरी असुल गरीएको रकम कहाँ(कहाँ जान्छ ? कसकसलाई भागवण्डा हुन्छ रु त्यो अज्ञात नै छ । देख्नमा हरिगोपाल अमात्य सञ्चालक रहेको अमात्य सप्लायर्सले खेल मनोरञ्जनका लागि उक्त सडकसँगैको जग्गा ५ वर्षका लागि लिजमा लिएको छ । तर, उसले उक्त क्षेत्रमा सञ्चालनमा ल्याएको खेल मनोरन्जनको नाम भृकुटी फनपार्कु राखेको छ । आफ्नो अधिनमै नभएको सार्वजनिक पिच सडकमा भृकुटीमण्डप पार्किड्गू नाम राखेर अवैद्य घन्टे शुल्क उठाइरहँदा स्वयम् समाज कल्याण परिषद् मौन छ । उसले थाहा पाए नपाए झैँ गरिबसेको अवस्था छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले सडकमा पार्किड्ग गर्न रोक लगाएपछि खुलेआम भृकुटीमण्डप नाम दिएर यो अवैद्य पार्किड्गको जन्म भएको हो । कसले, कसको आदेशमा, कोसँग स्वीकृती लिएर सार्वजनिक त्यसमा पनि सडकमै पार्किड्ग शुल्क उठाउन थालेको हो ।