श्रीलङ्काले सन् २०२४ मा ३० लाख पर्यटक भित्र्याउने

शुक्रबार, मंसिर १६, २०७९

कोलम्बो   ।  श्रीलङ्काले आगामी वर्ष करिब १५ लाख विदेशी पर्यटक भित्र्याउँने लक्ष्य राखेको छ । त्यसैगरी सन् २०२४ मा ३० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको पनि पर्यटनमन्त्रीले दाबी गरेका छन् ।   पछिल्ला केही महिनामा पर्यटक आगमनमा सुधार आएको पर्यटनमन्त्री हरिन फर्नान्डोले स्थानीय सञ्चारमाध्यमलाई जानकारी दिएका चन् ।  उनले  थुप्रै एयरलाइन्सले दक्षिण एसियाली मुलुकमा उडान सुरु गर्ने योजना रहेको पनि बताए छन् ।  पर्यटन श्रीलङ्काको विदेशी मुद्रा  आर्जन गर्ने प्रमुख माध्यम मध्येको एक हो।    तर कोरोना महामारी र देशमा जारी आर्थिक एवं राजनीतिक सङ्कटका कारणले  पर्यटन व्यवसायमा झड्का लागेको छ ।   श्रीलङ्कामा पर्यटन क्षेत्रको गतिविधि केही हदसम्म सकारात्मक दिशामा अघि बढेको छ ।  श्रीलङ्काको छिमेकी   देश माल्दिभ्सले विगत महिनादेखि मासिक रूपमा एक लाखभन्दा बढी पर्यटकहरूलाई स्वागत गर्दै आएको छ तर श्रीलङ्कामा  भने पर्यटक आगमन ३० हजार देखि ६० हजारमा सीमित रहेको आधिकारिक तथ्याङ्कले देखाएको छ ।    
 

प्रकाशित मिति: शुक्रबार, मंसिर १६, २०७९  १८:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार