चन्द्रागिरिमा दिगो पर्वतीय पर्यटनसम्बन्धी सम्मेलन सुरु 

बिहीबार, मंसिर १५, २०७९

काठमाडौँ ।  काठमाडौँको चन्दागिरिमा रहेको चन्द्रागिरि हिल्स रिसोर्टमा आजबाट तीन दिने दिगो पर्वतीय पर्यटनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ ।  सम्मेलनको उद्घटान संस्कृतिक तथा पर्यटन नागरिक उड्डयानमन्त्री जीवनराम श्रेष्ठले उद्घाटन गरेका  छन्  । उद्घाटन कार्यक्रमलाई सम्बोधन  गर्दै मर्न्त्री श्रेष्ठले सम्मेलन नेपालको पर्वतीय पर्यटनमा आवश्यक पर्ने नीतिगत परिवर्तनका लागि विशेष कोसेढुङ्गा सावित हुने  बताए । कार्यक्रममा संस्कृतिक पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव सुरेश अधिकारीले सम्मेलन नेपालको पर्वतीय पर्यटनमा सहयोगी हुनेमा विश्वास व्यक्त गरे  । सम्मेलनमा अमेरिकन भूगर्भविद् डा आलटेन बायरले नेपालमा हुने पूर्वाधार विकास निर्माणको कामले पर्वतीय पर्यटकीयस्थल लोप हूँदै गएको र यस्ता स्थान संरक्षण गर्नुपर्ने बताए  ।नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मीले तीन दिने सम्मेलनमा एक सय पर्यटनकर्मी र वैज्ञानिकलगायतको सहभागी हुने बताए  । उनले दिगो पर्वतीय क्षेत्रमा भएका विभिन्न अनुसन्धान र विश्व जलवायु परिवर्तनको समयमा पर्वतीय पर्यटन क्षेत्रका समस्या समाधान बारेमा छलफल हुने बताए  ।  

प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९  १७:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार