मोटरसाइकल दुर्घटनामा एकको मृत्यु 

बुधबार, मंसिर १४, २०७९

वाग्मती ।  मकवानपुरको वकैयामा मोटरसाइकल दुर्घटना हुँदा आज एकजनाको मृत्यु भएको छ।  मृत्यु हुनेमा मोटरसाइकल चालक  वकैया–५  श्रीपुर बस्ने  २८ वर्षीय श्याम लामा रहेको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गएराति धरान–चतरा सडक खण्डअन्तर्गत हात्ती सुडेबाट श्रीपुरतर्फ आउँदै गरेको प्रदेश २–०३–०१८ प २५५७ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भएर सडकको नालीमा खसेको थियो । दुर्घटनामा सख्त घाइते लामालाई उपचारका लागि  हेटौँडास्थित चुरेहिल अस्पतालमा ल्याएको र उपचारका क्रममा आज उनको मृत्यु भएको बताइएको छ ।     

प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९  १४:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार