सोसल मिडिया
Contact Us
युनिकोड
ब्रासिलिया । ब्राजिलका सबै नागरिकले सन् २०२१ को अन्त्यसम्ममा कोभिडविरुद्धको खोप लगाइसक्ने बताइएको छ । ब्राजिलका स्वास्थ्यमन्त्री मर्सेलो कोरेंगाले यही सन् २०२१ को अन्त्यसम्ममा सबै ब्राजिलियनहरुलाई कोभिडका विरुद्धको खोप लगाइसक्ने गरी देशव्यापी रुपमा खोप लगाइएको जानकारी दिए । ‘हामीसँग पर्याप्त मात्रामा खोप छ, हामीले यो वर्षको अन्त्यसम्ममा नै सबै ब्राजिलियनहरुलाई खोप लगाउने गरी प्रक्रिया अगाडि बढाएका छौँ हामीले खोप दिने छौँ’, स्वास्थ्यमन्त्री मर्सेलोले भने । शुक्रबार ब्राजिलको ब्रासिलियामा विश्व स्वास्थ्य सङ्गठनसँगको संयुक्त पत्रकार सम्मेलनका क्रममा स्वास्थ्यमन्त्री मर्सेलोले ब्राजिलले यसै वर्षको अन्त्यसम्ममा करिब ५० करोड खोप प्राप्त हुने अपेक्षा गरिएको बताए । ‘तर यदि ब्राजिलसँग छैन भने पनि विश्वका अरू देशसँग सहयोग माग्ने छौँ ।’ ब्राजिल विश्वमा अमेरिकापछिको सबैभन्दा बढी कोरोना प्रभावित देश हो । ब्राजिलमा अहिलेसम्म एक करोड ४५ लाखभन्दा बढी नागरिकका कोरोना सङ्क्रमण भएको छ । तीमध्ये चार लाखभन्दा बढीको त ज्यानै गएको छ ।– सिन्ह्वा