हामीसँग मतदाताको धेरै अपेक्षा छ : उदय शम्शेर राणा  

मतदातालाई धन्यवाद दिन उदय–मीनकृष्ण ललितपुर १ का बस्ती बस्तीमा 
आइतबार, मंसिर ११, २०७९

ललितपुर । ललितपुर क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित उदयशमशेर राणा चुनाव जितेसँगै मतदातालाई धन्यवाद दिन आफ्नो क्षेत्र गएका छन् । राणासँगै ललितपुर १ प्रदेश (ख) का सदस्य मीनकृष्ण महर्जन पनि निर्वाचन क्षेत्रमा छन् । राणा र र महर्जन लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार हुन् । उनीहरुले मतदाता, शुभेच्छुक र शुभचिन्तकलाई भेटर धन्यवाद दिइरहेका छन् । मतदाताहरु आफूले जिताएकासँग भेट्न पाउँदा खुशी भएको नवनिर्वाचित सासंद उदयशमशेर राणाले बताए । 
मंसिर ४ गते सम्पन्न निर्वाचनमा  एमालेका उम्मेदवार नवराज सिलवालाई पराजित गरी उदय शम्शेर प्रतिनिधिसभा सदस्यका लागि निर्वाचित भएका हुन् । त्यसैगरी महर्जनले एमालेका चेतनाथ सञ्जेललाई पराजित गरी प्रदेश सदस्यमा निर्वाचित भएका हुन् । 

min1669546664.jpg
मतपरिणाम सार्वजनिक भएलगत्तै ललितपुर १ का ३० वटै वडामा मतदातालाई धन्यवाद दिन उनीहरुले कार्यक्रम राखेका हुन् । मंसिर ८ देखि सुरु भएको धन्यवादज्ञापन कार्यक्रम १३ गतेसम्म रहने छ । मंसिर ८ गते महांकाल गाउँपालिकाको बुखेलबाट सुरु भएको कार्यक्रम घुसेल पुगेर टुंगिनेछ । नवनिर्वाचित सांसद राणाले पहिला मत माग्न आएको बताउँदै मत दिएर निर्वाचित गराएकोमा धन्यवाद दिन आफू यहाँ आएको बताएका छन् । उनले भने, ‘उहाँहरुकै मतका कारण निर्वाचित भयौं, त्यसैले धन्यवाद भन्न आयौं ।’ आफू सधैं जनतासँग हुने बताउँदै उनले ललितपुर १ को विकासका लागि योजनाबद्ध ढंगबाट अघि बढ्ने बताए । उनले भने, ‘मतदाताको हामीसँग धेरै अपेक्षा छ, हामी मिलेर पुरा गर्छौ ।  
प्रदेश सासंद मीनकृष्ण निर्वाचन जितेपछि उम्मेदवारले मतदातालाई विर्षने आरोपलाई गलत सावित गर्न यो कार्यक्रम तय गरेको बताए  । 

प्रकाशित मिति: आइतबार, मंसिर ११, २०७९  १६:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार