प्रतिनिधिसभा समानुपातिक मतमा एमालेको अग्रता कायमै, दोस्रोमा काँग्रेस 

शनिबार, मंसिर १०, २०७९

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ नेकपा एमालेले १७ लाखभन्दा बढी मत प्राप्त गरेको छ । निर्वाचन आयोगले आज विहान ५ बजेसम्म अद्यावधिक गरेको मतपरिणाम अनुसार एमालेले १७ लाख १७ हजार ३६ मत प्राप्त गरेको छ । त्यसैगरी नेपाली कांग्रेसले १६ लाख ३२ हजार छ सय ६४ मत प्राप्त गरेको छ । 
घण्टी चिह्न भएको राष्ट्रिय स्वतन्त्र पार्टीले सात लाख ४५ हजार पाँच सय ६१ मत प्राप्त गरेको छ भने नेकपा (माओवादी केन्द्र) ले अहिलेसम्म सात लाख १९ हजार तीन सय ७२ मत प्राप्त गरेको छ । 
त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले तीन लाख ७८ हजार दुई सय  ३३, जनता समाजवादी पार्टी (जसपा) ले दुई लाख चार हजार सात सय २४, नेकपा (एकीकृत समाजवादी) ले एक लाख ४८ हजार दुई सय १७ र नागरिक उन्मुक्ति पार्टीले एक लाख लाख ३३ हजार पाँच सय चार मत प्राप्त गरेका छन् । 

प्रत्यक्षतर्फ कांग्रेस अगाडि
यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार आज बिहान १ बजेसम्म प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक सय ६५ मध्ये एक सय तीन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । 
प्राप्त मतपरिणामअनुसार हालसम्म नेपाली कांग्रेस ३३, नेकपा (एमाले) २९, नेकपा (माओवादी केन्द्र) ११, नेकपा (एकीकृत समाजवादी) सात, राष्ट्रिय स्वतन्त्र पार्टी पाँच, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी चार-चार, जनता समाजवादी पार्टी दुई तथा राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टी एक÷एक र पाँच स्वतन्त्र उम्मेदवार विभिन्न क्षेत्रबाट विजयी भएका छन् । 

यी हुन् काँग्रेसका विजयी उम्मेदवार
कांग्रेसबाट प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवा, गगनकुमार थापा, विश्वप्रकाश शर्मा, दीपक खड्का, डा शेखर कोइराला, रामहरि खतिवडा, दिनेशकुमार यादव, रामकृष्ण यादव, देवप्रसाद तिमलसेना, अजयकुमार चौरसिया, रमेश रिजाल, श्यामकुमार घिमिरे, मोहन आचार्य, प्रकाशमान सिंह, सन्तोष चालिसे, प्रदीप पौडेल, राजेन्द्रकुमार केसी, दुर्लभ थापा क्षेत्री विजयी भएका छन् । 
यस्तै उदयशम्शेर राणा, टेकबहादुर गुरुङ, शङ्कर भण्डारी, राजु थापा, योगेश गौचन थकाली, खमबहादुर गर्बुजा, चन्द्रकान्त भण्डारी, सुरेन्द्रराज आचार्य, किशोरसिंह राठोर, सञ्जयकुमार गौतम, पूर्णबहादुर खड्का, हृदयराम थानी, पुष्पबहादुर शाह, डिल्लीराज पन्त र दिलेन्द्रप्रसाद बडू निर्वाचित भएका छन् । 

एमालेका निर्वाचित उम्मेदवार
एमालेबाट अध्यक्ष केपी शर्मा ओली, योगेशकुमार भट्टराई, देवराज घिमिरे, राजेन्द्रकुमार राई, ऋषिकेश पोखरेल, मानवीर राई, अम्बरबहादुर रायमाझी, रामशङ्कर यादव, लिलानाथ श्रेष्ठ, जुलीकुमारी महतो (महासेठ), हरिप्रसाद उप्रेती, अच्युतप्रसाद मैनाली, राजकुमार गुप्ता, कृष्णगोपाल श्रेष्ठ, प्रेमबहादुर महर्जन, गोकुलप्रसाद बाँस्कोटा, पृथ्वीसुब्बा गुरुङ, मनबहादुर गुरुङ, विद्या भट्टराई, दामोदर पौडेल, पदम गिरी, गोकर्णराज विष्ट, नारायणप्रसाद आचार्य, ठाकुरप्रसाद गैरे, टोपबहादुर रायमाझी, वासुदेव घिमिरे, सूर्यबहादुर थापा, सूर्यप्रसाद ढकाल र दामोदर भण्डारी निर्वाचित भएका छन् ।  

माओवादीबाट निर्वाचित 
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनार्दन शर्मा, वर्षमान पुन, शक्तिबहादुर बस्नेत, अमनलाल मोदी, हितबहादुर तामाङ, रामकुमार राई, लेखनाथ दाहाल, रेखा शर्मा, पूर्णबहादुर घर्ती र महेन्द्रबहादुर शाही विजयी भएका छन् । 

नेकपा एसका विजयी उम्मेदवार
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, धनबहादुर बुढा, अम्बरबहादुर थापा, कृष्णकुमार श्रेष्ठ, शेरबहादुर कुँवर, प्रेमबहादुर आले र भानुभक्त जोशी विजयी भएका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीका विजयी उम्मेदवार
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, सोबिता गौतम, शिशिर खनाल,  गणेश पराजुली, विराजभक्त श्रेष्ठ र तोसिमा कार्की निर्वाचित भएकी छन् । 

राप्रपा तथा लोसपाका  निर्वाचित 
राप्रपाका राजेन्द्र लिङ्देन, धवलशमशेर राणा, दीपकबहादुर सिंह र ज्ञानेन्द्रबहादुर शाही तथा लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका अध्यक्ष महन्थ ठाकुर, सर्वेन्द्रनाथ शुक्ला, शरतसिंह भण्डारी र रामप्रकाश चौधरी विजयी भएका छन् । 
जनता समाजवादी पार्टी (जसपा) का प्रदीप यादव र वीरेन्द्रप्रसाद महतो, तथा राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र नेमकिपाका प्रेम सुवाल एवं जनमत पार्टीका चन्द्रकान्त राउत तथा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल, प्रभू साह, किरणकुमार साह, अमरेशकुमार सिंह र लालवीर चौधरी निर्वाचित भएको आयोगले जनाएको छ । 

प्रकाशित मिति: शनिबार, मंसिर १०, २०७९  ०६:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार