शनिबार थपिए ५७६३ संक्रमित

१९ जनाको मृत्यु
शनिबार, वैशाख १८, २०७८

काठमाडौं । नेपालमा कोरोनाभाइरसका ५,७६३ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १४ हजार ९६९ नमुना परीक्षण गर्दा पछिल्लो २४ घण्टामा ती संक्रमित भेटिएका हुन् । यो अवधिमा १९ जनाको मृत्यु भएको छ । १२८७ जना निको भएका छन् । ४३ हजार २१३ सक्रिय संक्रमित संख्या पुगेको छ । कूल संक्रमित संख्या ३ लाख २८ हजार ८९३ पुगेको छ । कूल मृतक संख्या ३ हजार २९८ पुगेको छ । संक्रमण दर १३.२ प्रतिशत पुगेको छ । 
 

प्रकाशित मिति: शनिबार, वैशाख १८, २०७८  १६:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार