जलवायु र मौसम परिवर्तन सम्बन्धी जोन्टा कल्ब अफ काठमाडौँको सचेतना कार्यक्रम

बिहीबार, मंसिर १, २०७९

काठमाडौँ । जोन्टा कल्ब अफ काठमाडौँ  र ग्लोबल सेपर्स कम्युनिटी काठमाडौले संयुक्त  रुपमा जलवायु र मौसम परिवर्तन सम्बन्धी एक दिने सचेतना कार्यक्रमको आयोजना गरेको थियो । दरबार हाइस्कुलमा मंगलबार आयोजना गरिएको उक्त कार्यक्रममा  कक्षा ६  देखि ८  सम्मका ५० भन्दा बढी  बिद्यार्थीहरुले सहभागीता जनाएका थिए । उक्त कार्यक्रममा जलवायु  परिवर्तन र त्यसका असरका बारेमा सुक्ष्म  रुपले विचार-विमर्शका साथै  सो बिषयमा निबन्ध र चित्रकला प्रतियोगिता पनि आयोजना गरिएको थियो ।

हरित पृथ्वीको परिकल्पना गर्दा बालबालिका अपरिहार्य हुनेहुनाले कलिला मस्तिस्कमा जलवायु परिवर्तन र यसका असरका बारेमा चेतना जगाउन महत्वपुर्ण हुन्छ । जोन्टा कल्ब अफ काठमाडौँकी अध्यक्ष आभा शाहले बताइन् । नयाँ पिढीलाई सकारात्मक परिवर्तनको सम्बाहक रुपमा मान्यता दिदै जलवायु परिवर्तन र यसको रोकथाममा जोन्टा कल्ब अफ काठमाडौँ कट्टिबद्ध छु शाहले बताइन् । उक्त कार्यक्रममा सहभागी बिद्यार्थीहरुलाई उत्कृष्टता प्रदर्शनी गरेबापत पुरुस्कार पनि वितरण गरिएको थियो । 

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  ११:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार