खानेपानीमन्त्री मणि थापालाई कोरोना सङ्क्रमण

शुक्रबार, वैशाख १७, २०७८

काठमाडौं । खानेपानी तथा सरसफाइमन्त्री मणिचन्द्र थापालाई कोभिड–१९ को सङ्क्रमण भएको छ । उनको पिसिआर परीक्षणमा क्रममा आज बिहान सङ्क्रमण पुष्टि भएको उनकास्वकीय सचिव राजेन्द्र गौतमले जानकारी दिए ।  मन्त्री थापाकी छोरी उष्णता श्रेष्ठ थापालाई सङ्क्रमण भएपछि उनको हिजो स्वाब सङ्कलन गरिएको थियो । उनकी छोरीलाई चार दिनअघि सङ्क्रमण भएको थियो । मन्त्रीसहित सचिवालयमा काम गर्ने १० जनाको पिसिआर परीक्षण गर्दा कसैलाई सङ्क्रमण देखिएन । सङ्क्रमण पुष्टि भएपछि मन्त्री थापाले अहिले ललितपुरस्थित मन्त्री निवास पुल्चोक आराम गरिरहेको स्वकीय सचिव गौतमले जानकारी दिए ।  उनका अनुसार मन्त्री थापालाई अहिले सामान्य रुघाखोकी लागेको छ । यसअघि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीलाई सङ्क्रमण भएको थियो ।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख १७, २०७८  १५:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार