खानेपानी वितरण नियमित 

बिहीबार, वैशाख १६, २०७८

काठमाडौं । कोरोना सङ्क्रमण रोक्न काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी भएसँगै काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले अत्यावश्यक बाहेकका सबै सेवा स्थगन गरेको छ । खानेपानी उत्पादन, वितरण, ट्याङ्कर एवं ढल सञ्चालन, चुहावट मर्मतबाहेक अन्य सेवा स्थगन गरिएको केयुकेएलले जनाएको छ ।  जिल्ला प्रशासन कार्यालय काठमाडौँले कोरोना भाइरस बढेको भन्दै अत्यावश्यक बाहेकका अन्य सार्वजनिक सेवा तत्काललाई स्थगन गर्न आदेश दिएको थियो । जिल्ला प्रशासनको आदेश जारी रहेको अवधिसम्म अत्यावश्यक बाहेकका सेवा स्थगन रहने केयुकेएलले जनाएको छ ।–रासस
 

प्रकाशित मिति: बिहीबार, वैशाख १६, २०७८  १४:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार