कोरोनाबाट धनगढीमा एक महिलाको मृत्यु

बिहीबार, वैशाख १६, २०७८

धनगढी । कैलालीको धनगढीमा रहेको सेती प्रादेशीक अस्पतालमा उपचाररत एकजना कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ । अस्पतालको आकस्मिक वार्डमा उपचाररत धनगढी उपमहानगरपालिका–३ की ४५ वर्षीया महिलाको बुधबार राति मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिली श्रेष्ठले जानकारी दिइन् । उनलाई स्वास्थ्यमा समस्या देखिएपछि यही वैशाख १४ गते अस्पताल भर्ना गरिएको थियो ।

प्रकाशित मिति: बिहीबार, वैशाख १६, २०७८  १३:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार