सोसल मिडिया
Contact Us
युनिकोड
झापा । झापामा तीन पत्रकार र एक प्रदेशसभा सदस्य कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीका अनुसार पत्रकारहरु पुष्प बराल, नरेन्द्र ढकाल र वीरबहादुर दर्नाललाई कोरोना सङ्क्रमण पुष्टि भएको हो । झापा क्षेत्र नं १ का प्रदेशसभा सदस्य गोपालचन्द्र बुढाथोकीलाई पनि कोरोना सङ्क्रमण भएको छ । सङ्क्रमित चारै जना हाल चिकित्सकसँगको सल्लाहमा होम आइसोलेसनमा बसेका छन् ।–रासस