आईटीएफ तेक्वान्दोतर्फ १९ स्वर्ण पदकको छिनोफानो    

नवौँ राष्ट्रिय खेलकुद 
बुधबार, कात्तिक २, २०७९

बागलुङ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत यहाँ जारी आईटीएफ तेक्वान्दोको हालसम्म १९ स्वर्ण पदकको छिनोफानो भएको छ । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले सर्वाधिक सात स्वर्ण पदक जितेको छ । आर्मीले पाँच रजत र दुई कास्य पदकसमेत प्राप्त गरेको छ । यसैगरी बागमती प्रदेशले पाँच स्वर्ण र एक रजत पदक प्राप्त गरेको छ । यसैगरी गण्डकी प्रदेशले चार स्वर्ण र सात रजत, एपिएफ क्लबले दुई स्वर्ण, एक रजत र तीन कास्य, प्रदेश नं १ ले एक स्वर्ण, एक रजत र एक कास्य, लुम्बिनीले तीन रजत र पाँच कास्य, कर्णालीले एक रजत र एक कास्य तथा नेपाल पुलिस क्लबले दुई कास्य पदक प्राप्त गरेको छ । 
महिला एकल स्पाइरिङतर्फको (५१–५५) किलो तौल समूहतर्फ प्रदेश नं १ की कुशुम राजवंशीले स्वर्ण, गण्डकी प्रदेशकी सुशिला अढाईले रजत तथा आर्मी क्लबकी रिना धिमाल र पुलिस क्लबकी सञ्जनाकुमारी घर्तीमगरले कास्य पदक प्राप्त गरेका छन् । 
यस्तै महिला एकल स्पाइरिङतर्फ नै (४०–४५) किलो तौल समूहमा गण्डकी प्रदेशकी सुनिता भण्डारीले स्वर्ण, बागमतीकी सुस्मिता तामाङले रजत तथा पुलिस क्लबकी मनिषा घर्तीमगर र एपिएफ क्लबकी लिलाकुमारी सापकोटाले कास्य पदक प्राप्त गरेका छन् । 
यसैगरी पुरुष एकल स्पाइरिङतर्फ (६१–६५) किलो तौल समूहतर्फ एपिएफ क्लबका गोविन्द खत्रीले स्वर्ण, आर्मी क्लबका प्रमोदकुमार साहुले रजत तथा लुम्बिनीका राहुल थापा र प्रदेश नं १ का नितेश खवासले कास्य पदक प्राप्त गरेका छन् । 
यसअघि पुरुष एकल स्पाइरिङतर्फ (४६–५०) किलो तौल समूहमा गण्डकीका खगेन्द्र घर्तीमगरले स्वर्ण, कर्णालीका मिलन धामीले रजत तथा आर्मीका पूर्णबहादुर मगर र लुम्बिनीका सन्तोष बुढामगरले कास्य प्राप्त गरेका थिए । यस्तै पुरुष एकल स्पाइरिङतर्फ (५१–५५) किलो तौल समूहमा बागमतीका रिक्सान वाइवाले स्वर्ण, आर्मीका प्रेमकुमार मगरले रजत तथा लुम्बिनीका अर्जुन नेपाली र एपिएफ क्लबका सुनिल महतोले कास्य प्राप्त गरेका थिए । 

KD-Kaski-Aarcharia1666131791.jpg
यसैगरी पुरुष एकल स्पाइरिङतर्फ (५६–६०) किलो तौल समूहमा बागमतीका अनिल तामाङले स्वर्ण, गण्डकीका प्रविण बुढाले रजत तथा एफिएफ क्लबका सुमन रानामगर र लुम्बिनीका हेमराज डाँगीले कास्य पदक पाएका थिए । महिला एकल स्पाइरिङतर्फ (४६–५०) किलो तौल समूहमा गण्डकी प्रदेशकी सुस्मिता थापामगरले स्वर्ण, प्रदेश नं १ की इन्दिरा थापाले रजत तथा लुम्बिनी प्रदेशकी पूजा रसाइली र कर्णाली प्रदेशकी कमला विकले कास्य पदक प्राप्त गरेका छन् ।   
नेपाल आईटीएफ तेक्वान्दोका महासचिव अञ्जु रावतका अनुसार शनिबारदेखि बागलुङमा सुरु भएको प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीका दुई सय ५० खेलाडीबीच ४५ स्वर्ण, ४५ रजत र ३० कास्य पदकका लागि प्रतिस्पर्धामा भइरहेको छ । नवौँ राष्ट्रिय खेलकुदमा गण्डकीका विभिन्न जिल्लामा दुई प्रदर्शनीसहित ३८ खेल भइरहेका छन् । 

सफ्ट टेनिसमा प्रहरी र एपीएफलाई स्वर्ण

दुई विभागीय टोली नेपाल प्रहरी र सशस्त्र प्रहरीको एपीएफले सफ्ट टेनिस खेलमा एक÷एक स्वर्ण पदक जितेका छन् पोखरा रङ्गशालास्थित टेनिस कोर्टमा सम्पन्न सफ्ट टेनिसको डबल्सतर्फको विधामा पुरुषतर्फ नेपाल पुलिसका नरबहादुर लुङ्गेली र कमल भण्डारीको जोडीले स्वर्ण पदक जितेको छ । उनीहरूले प्रदेश नं १ का युकेश योञ्जन र आशिष बोहराको जोडीलाई ५–३ को सेटले पराजित गरे । 
बागमती प्रदेशका प्रदीप खत्री र वृजेश पाण्डेको जोडी तथा गण्डकी प्रदेशका शक्ति शर्मा र धर्मबहादुर लामिछानेको जोडीले कांस्य पदक प्राप्त गरेको छ । 

KD-Kaski-Kheladia1665960200.jpg
यसैगरी महिलाडबल्सतर्फ एपीएफका भगवती विक र समृद्धि महर्जनको जोडीले टोलीलाई स्वर्ण दिलायो । उनीहरूले लुम्बिनी प्रदेशका ऋतिका चौधरी र विमला पन्थीको जोडीलाई ५–० को सोझो सेटले पराजित गरे । 
पराजित जोडीले रजत पदक प्राप्त गरेको छ । यसैगरी प्रदेश नं १ क श्रेया योञ्जन र श्रेया राईको जोडी र नेपाल प्रहरीका विष्णा भण्डारी र सिसम चन्दको जोडीले कांस्य पदक प्राप्त गर्यो ।
यसैगरी एकल प्रतिस्पर्धामा प्रदेश नं १ का युकेश योञ्जन र बागमतीका प्रदीप खत्री फाइनलमा गर्नुभएको छ । महिलातर्फ बागमती प्रदेशका चन्द्रमाया राई र एपीएफका समृद्धि महर्जनले फाइनलमा स्थान बनाउनुभएको छ । यही असोज २७ गतेदेखि जारी सफ्ट टेनिस प्रतियोगिताको फाइनल कात्तिक ३ गते हुने आयोजकले जनाएको छ । 

भारत्तोलनमा पुलिसलाई लगातार स्वर्ण

पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत भारोत्तलनतर्फ नेपाल पुलिसले स्वर्णको सङ्ख्या आठ पु¥याएको छ ।  प्रतियोगितामा आर्मीले चार र सुदूरपश्चिमले एक स्वर्ण जितिसकेका छन् ।
नवौँ राष्ट्रियमा भारत्तोलनतर्फ २० स्वर्णसहित कूल ६० पदकका लागि प्रतिस्पर्धा भइरहेको छ । भरात्तोलनतर्फ नेपाल पुलिस क्लब आठ स्वर्णसहित शीर्ष स्थानमा छ । मङ्गलबार नेपाल पुलिसका विकास थापाले नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत भारत्तोलन प्रतियोगिताको पुरुष ८१ केजी तौल समूहमा स्वर्ण जिते ।  

DA_Tribeni-DSC_0290(1)1666131406.jpg
पोखरा उद्योग वाणिज्य सङ्घको हलमा मङ्गलबार राति भएको प्रतिस्पर्धामा उहाँले स्न्याचमा एक सय १२ र क्लीन एण्ड जर्कमा एक सय ३९ गरी कूल दुई सय ५१ केजी भारवहन गर्दै प्रहरीलाई अर्को स्वर्ण दिलाउन सफल भएका हुन् । यस्तै मधेस प्रदेशका राजगुरु यादवले रजत र सुदूरपश्चिम प्रदेशका नरेशकुमार चौधरीले कांस्य जिते । महिला ७६ केजी तौल समूहमा नेपाल पुलिसकी पूजा कुमालले स्वर्ण जिते । उहाँले स्न्याचमा ६१ र क्लीन एण्ड जर्कमा ७० गरी कूल एक सय ७१ केजी भारवहन गर्दै स्वर्ण जितेका हुन् । 
यस्तै गण्डकीकी सरस्वती गुरुङले रजत र नेपाल पुलिसकै सजना थिङ लामाले कांस्यपदक प्राप्त गरे । 
महिला ८१ केजी तौल समूहको स्वर्ण नेपाल पुलिसकी तारादेवी पुनले जितिन् । सोही तौल समूहमा एपिएफकी अञ्जली श्रेष्ठले रजत र सुदूरपश्चिमकी चम्फाकुमारी ठकुल्लाले कांस्य प्राप्त गरिने । 
नेपाल प्रहरीकी जुनमाया छन्त्यालले महिला ७१ केजी तौल समूहमा राष्ट्रिय रेकर्ड कायम गर्दै स्वर्ण जितिन् । जुनमायाले स्न्याचतर्फ ७८ केजी भारवहन गर्दै आफ्नै रेकर्ड भङ्ग गर्दा क्लीन एण्ड जर्कमा ८९ केजी गरी कूल एक सय ६७ केजी उठाउँदै स्वर्ण प्राप्त गरिन् । यस्तै एपिएफकी सरिता लामाले रजत र नेपाल पुलिसकी सरस्वती पुरीले कांस्य जितिन् । 
महिला ६४ केजीतर्फ त्रिभुवन आर्मीकी शारदा चौधरीले स्वर्णपदक जितिन् । नेपाल पुलिसकी राजलक्ष्मी थापा रजत र आर्मीकी प्रशंसा पुनले कांस्यपदक जितिन् । 
कात्तिक २ गते सकिने प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ गरी कूल १०÷१० इभेन्टमा खेल भएको हो । प्रतियोगितामा महिला ७६ र पुरुष ९६ गरी कूल एक सय ७२ जना खेलाडीले भाग लिएका छन् । 

गण्डकीका प्रदीप र एनआरएनका हाडा टेनिसको फाइनलमा

जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत टेनिसको व्यक्तिगत विधामा ‘पुरुष एकल’तर्फ गण्डकी प्रदेशका प्रदीप खड्का र एनआरएनका आरभ सम्राट हाडा फाइनलमा पुगेका छन् । 
नेपालको नं १ वरियताका टेनिस खेलाडी खड्काले आज सेमिफाइनलमा एपिएफका सन्तोष खत्रीलाई ६–१, ६–१ सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् । यसैगरी एनआरएनका हाडाले सेनाका प्रनभ खनालमाथि ६–३, ६–० सेटको जीत निकालेका हुन् । सेनाका खनाल नेपालको दोस्रो वरियताका खेलाडी हुन् ।

RK-Pokhara-MenVollyballd1666131418.jpg
महिला एकलतर्फ नेपालको पहिलो वरियता खेलाडी अभिलाषा विष्टले सेमिफाइनलमा ६–०,६–१ को सेटमा बागमतीका रायना शाहलाई पराजित गरी फाइनलको यात्रा तय गरे । यसैगरी सेनाका इरा रावतले बागमतीका प्रकृति श्रेष्ठलाई ६–२,७–५ को सेटमा पराजित गरी फाइनलमा अभिलाषासँगको भेट पक्का गरे । 
‘पुरुषडबल्स’तर्फ गण्डकीका प्रदेशका प्रदीप खड्का र अनिल शाहीको जोडीले बागमतीका निशान श्रेष्ठ र प्रितम परियारको जोडीलाई ४–६,६–० र १०–५ को सेटमा पराजित गरी फाइनल स्थान बनाए ।
दोस्रो खेलमा सेनाका प्रनभ खनाल र अकी जुवेन रावतको जोडीले गण्डकीका आशिष खड्का र सौगात विकको जोडीलाई ७–२, २–६ र १०–७ को सेटमा पराजित गर्यो । ‘मिक्सडबल्स’तर्फ सेनाका प्रनभ र अभिलाषाको जोडी फाइनल पुगेको छ । उनीहरुले गण्डकीका अनिल र प्रिती बरालको जोडीमाथि ६–०,६–१ सेटको जीत निकालेको कास्की जिल्ला टेनिस सङ्घका अध्यक्ष लोकबहादुर गुरुङले जानकारी दिए ।
महिला डबल्स र मिक्स डबल्सका सेमिफाइनलका केही खेल सोमबार नै सम्पन्न भएका थिए । ‘पुरुष डबल्स’को स्वर्णका लागि गण्डकीका प्रदीप र अनिल तथा सेनाका प्रनभ र अकीको जोडीबीच प्रतिस्पर्धा हुनेछ । त्यसैगरी ‘मिक्स डबल्स’ र ‘महिला डबल्स’को फाइनल बुधबार हुने आयोजकले जनाएको छ । यही असोज २७ गतेदेखि जारी टेनिसको प्रतिस्पर्धामा प्रदेश नं १ र कर्णालीबाहेक नौ प्रदेशको सहभागिता रहेको छ । 

RK-Pokhara-Athletika1666131804.jpg

एपिएफ र आर्मी पुरुष फुटबलको फाइनलमा 

पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबलको फाइनलमा दुई विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लब र नेपाली सेनाको त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन् ।
पोखरा रङ्गशालास्थित फुटबल मैदानमा आज भएको दोस्रो सेमिफाइलन खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई ५–१ गोल अन्तरले पराजित गरेर फाइनलमा स्वर्ण पदकका लािग आर्मीसँगको भेट पक्का गरेको हो ।
त्रिभुवन आर्मी क्लबले भने आजै सम्पन्न पहिलो सेमिफाइनल खेलमा आयोजक गण्डकी प्रदेशलाई १–० गोलले निरास पार्दै फाइनलको यात्रा तय गरेको थियो । एपीएफ र  सुदूरपश्चिमबीचको पहिलो हाफ एक–एक गोलको बराबरीमा रोकिए पनि दोस्रो हाफमा सुदूरपश्चिम सम्हालिन नसक्दा ठूलो हार व्यहोरेको हो । एपीएफको जितमा प्रदीप लामाले दुई, नवीन लामा, विकु तामाङ र हरि कार्कीले समान एक÷एक गोल गरे । सुदूरपश्चिमका लागि कुवेर सिंहले एक गोल गरेका हुन् । 

DS-Gorkha-Buddichala1666131883.jpg
एपीएफ समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको थियो भने सुदूरपश्चिम समूह ‘डी’ को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको टोली हो । आर्मी र गण्डकीबीचको पहिलो सेमिफाइनल खेल अत्यन्त प्रतिस्पर्धात्मक बनेको थियो ।  यी दुई टोलीको खेल पहिलो हाफ गोलरहित बराबरीमा सकिएकामा दोस्रो हाफमा आर्मीका वैकल्पिक खेलाडी सुदील राईले निर्णायक गोल गर्दै आर्मीलाई फाइनलसम्म पु¥याए । राई पहिलो हाफमा कप्तान भरत खवासको स्थानमा मैदान प्रवेश गरेका हुन् । आर्मी आठौँ राष्ट्रिय खेलकुदको पुरुष फुटबलमा स्वर्ण विजेता टोली हो ।
प्रतियोगिताको फाइनल खेल कात्तिक ३ गते पोखरा रङ्गशालास्थित फुटबल मैदानमा हुनेछ ।सोही दिन गण्डकी प्रदेश र सुदूरपश्चिमबीच कांस्य पदकका लागि खेल हुनेछ ।  पुरुष फुटबल प्रतियोगितामा सात प्रदेश, तीन विभागीय र एनआरएनएको एक गरी ११ वटै टोलीले प्रतिस्पर्धा गरेका थिए । 

महिला भलिबलमा विभागीय एपीएफ र पुलिस क्लब फाइनलमा प्रवेश

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत म्याग्दीको सदरमुकाम बेनीमा जारी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा सशस्त्र प्रहरीको एपीएफ र नेपाल पुलिस क्लब प्रवेश गरेका छन् । 
एपीएफलले बागमती र पुलिसले गण्डकी प्रदेशलाई सेमिफाइनलमा पराजित गर्दै फाइनल यात्रा पक्का गरेका हुन् । सात प्रदेश र तीन विभागीय टिमले सहभागिता जनाएको प्रतियोगिताको फाइनलमा उत्कृष्ट खेल प्रदर्शन गदै विभागीय टिमले स्थान सुरक्षित गरेका छन् । 

KK-Beni-VollyballMahilaa1666131644.jpg
खुलामञ्चमा भएको सेमिफाइनमा नेपाल पुलिस क्लबले सोझो तीन सेटमा गण्डकीलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो । पुलिसले गण्डकीमाथि २५–१०, २५–१८ र २५–११ को सहज जित निकालेको थियो । त्यसैगरी एपीएफले बागमती प्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । 
पहिलो सेटमा २५–२३ को नतिजा निकालेको बागमती दोस्रो, तेस्रो र चौथो सेटको खेलमा सम्हालिन नसक्दा एपीएफले नतिजा आफ्नो पक्षमा पारेको थियो । प्रतियोगिताको दोस्रो, तेस्रो र चौथो सेटमा एपीएफले बागमतीमाथि २५–२३, २५–२२, २५–१६ जित निकाल्दै फाइनल यात्रा तय गरेको छ । 
सेमिफाइनलको प्रतियोगितामा एपीएफकी निरुता ठगुन्ना र पुलिसकी कामना विष्ट उत्कृष्ट खेलाडी घोषित भएका छन् । बुधबार प्रतियोगिताको फाइनल प्रतिस्पर्धासँगै तेस्रो स्थानका लागि सेमिफाइनलसम्म पुगेका गण्डकी र बागमती प्रदेशले प्रतिस्पर्धा गर्नेछन् । 

बुद्धिचालको खुला बिल्चमा आर्मीका जैसवाल र महिला बिल्चमा लोहनीलाई स्वर्ण

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत गोरखामा जारी बुद्धिचाल प्रतियोगिताको खुल्ला बिल्च चरणको खेलमा त्रिभुवन आर्मी क्लबका रुपेश जैसवाल र महिला बिल्च चरणको खेलमा त्रिभुवन आर्मीकै सुजना लोहनीले स्वर्ण पदक हात पारेका छन् । 
प्रतियोगिताअन्तर्गत आज सम्पन्न बिल्च चरणको खेलमा जैसवाल कूल नौ खेलमध्ये आठ खेलमा जित र एक खेलमा ‘ड्र’ खेलेर ८.५ अङ्कका साथ स्वर्ण पदक हात पार्न सफल भए । 
खुला बिल्चमा नेपाल पुलिस क्बलका क्षितिज भण्डारीले दोस्रो हुँदै रजत पदक प्राप्त गर्नुभएको छ भने त्रिभुवन आर्मी क्बलकै सचिन मर्हजनले तेस्रो स्थान हात पार्दै कास्य पदक जिते । 

DS-Gorkha-Buddichala1666131883.jpg
नेपाल पुलिस क्बलका भण्डारीले कूल नौ खेलमा सात जित, एक हार र एक ‘ड्र’ गरेर ७.५ अङ्क प्राप्त गरेका थिए । त्यस्तै त्रिभुवन आर्मी क्बलका मर्हजनले नौ खेलमा छ जित, दुई हार र एक खेलमा ‘ड्र’ गर्दै तेस्रो हुन सफल भएको हो । उहाँले ६.५ अङ्क प्राप्त गरेका थिए । 
प्रतियोगिताको महिलातर्फको बिल्च इभेन्टमा त्रिभुवन आर्मी क्बलकी लोहनीले नौ खेलमा नौवटै खेल जितेर नौ अङ्कका साथ स्वर्ण जित्न सफल भए । प्रतियोगितामा नेपाल पुलिस क्लबकी पूर्णिमा गुरुङले आठ खेलमा जित र एक खेलमा हार बेहोर्दै कूल आठ अङ्कका साथ कास्य पदक जित । 
त्यस्तै महिला बिल्चमा त्रिुभवन आर्मी क्लबकी सिन्दिरा जोशीले नौ खेलमा छ खेल जित्दै छ अङ्कका कास्य पदक हात पार्न सफल सफल भइन् । 

KD-Kaski-Crickete1666131731.jpg

प्रकाशित मिति: बुधबार, कात्तिक २, २०७९  ०३:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार