कविताले जन्माइन् तिम्ल्याहा बच्चा

शुक्रबार, असोज २८, २०७९

वीरगञ्ज । पर्साकी एक गर्भवतीले तिम्ल्याहा बच्चालाई जन्म दिएको छ । वीरगञ्जको विर्तास्थित नारायणी सेन्टरल अस्पतालमा पर्साको कालिकामाई गाउँपालिका–९ हरियरपुरकी कविता देवीले तिम्ल्याहा बच्चालाई जन्म दिएको हो ।

कविताले दुई छोरा र एक छोरीलाई जन्म दिएको अस्पतालका निर्देशक प्रा डा प्रमोदकुमार सर्राफले जानकारी दिए । उनले शल्यक्रियामार्फत बच्चा जन्माएको हो । अस्पतालका स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा प्रियङ्का चौधरीले कविताको शल्यक्रिया गरेको हो । 

प्रकाशित मिति: शुक्रबार, असोज २८, २०७९  १०:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार