कालीकोटमा बाढीपहिरोले एक हजार पाँच सय घरमा क्षति 

बुधबार, असोज २६, २०७९

मान्म ।  कालीकोटमा बाढीपहिरोका कारण एक हजार पाँच सय घरमा क्षति पुगेको छ । जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार विभिन्न ठाउँमा बाढीपहिरोले जनधनमा ठूलो क्षति पु¥याएको छ ।  सयौँ घरपरिवारलाई विस्थापित बनाएको छ । जिल्लाको तिलागुफा नगरपालिका–४ राँचुली गाउँमा बाढीपहिरोले १२ घर भत्किएर पूर्णरूपमा क्षति भएको र १२ घर उच्च जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।   

दुई सय चार घरधुरी रहेको राँचुली गाउँमा माथिबाट आएको पहिरोले एक सय चार घरमा आंशिक क्षति पुगेको नगरपालिकाका उपप्रमुख महेन्द्रबहादुर शाहीले जानकारी दिए  । असोज १९ गतेदेखि आएको वर्षाका कारण जोखिममा रहेका उक्त बस्तीका नागरिकलाई नजिकैको कालिका मावि विद्यालयमा सारिएको उनले बताए  । पहिरोले नगरपालिकामा दुई सय ५० घरमा क्षति पुगेको उनको भनाइ छ ।  रास्कोट नगरपालिका–१ को न्यौपानेवाडा, वडा नं ३ को साकाटिया, वडा नं ९ को थोल्ममा पहिराले एक सय पाँच, खाँडाचक्र नगरपालिकाको विभिन्न ठाउँमा पहिरोले गर्दा दुई सय घरमा क्षति पुगेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।   सान्नी त्रिवेणी गाउँपालिका–७ मा दुई वटा घर भत्किएर पूर्ण क्षति भएको र दुई सय घरको खलो, आँगनदेखि जमिनसमेत बगाएको गाउँपालिका अध्यक्ष मोहनबहादुर केसीले बताए  । उहाँका अनुसार पहिराले दुई सय घरमा क्षति पुगेको छ ।   

पचालझरना गाउँपालिकामा दुई सय, पलाँता गाउँपालिकामा तीन सय  ५०, शुभकालिका गाउँपालिकामा ५५, महावै गाउँपालिकामा ७० र नरहरिनाथ गाउँपालिकामा ५० घरमा क्षति पुगेको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिए  । “अहिले पनि बाढीपहिरोले पु¥याएको क्षतिको विवरण सङ्कलन गरिरहेका छौँ”, उनले भने , “अबको केही दिनमा सबै तथ्याङ्क आउँछ ।”   जिल्लामा विभिन्न ठाउँको पहिरोेमा परेर पाँच जनाको मृत्यु हुनुका साथै १८ जना बेपत्ता भएका छन् । सयौँ घरपरिवार विस्थापित भएका छन् ।  रासस 

प्रकाशित मिति: बुधबार, असोज २६, २०७९  १९:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार