जन्ती बोकेको जिप दुर्घटनाः एकको मृत्यु, एघार घाइते

मंगलबार, वैशाख १४, २०७८

बैतडी । दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका– ६  हिरापुरमा जन्ती बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  यस्तै, दुर्घटनामा परी ११ जना घाइते भएकामा दुई जनाको  अवस्था गम्भीर रहेको छ ।  मृत्यु हुनेमा बैतडीको दशरथचन्द नगरपालिका–९ का ५५ वर्षीय  देवीलाल जोशी रहेका बैतडीका प्रहरी प्रवक्ता किशोर सिंह ऐरीले जानकारी दिए ।    यस्तै, दुर्घटनामा परी जिपका चालक दशरथचन्द नगरपालिका–९ का २५ वर्षीय तारन जोशी  र सोही ठाउँका ३७ वर्षीय शिवदत्त जोशी गम्भीर घाइते भएका प्रहरीले जनाएको छ । उनीहरू दुवै जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । दुलहादुलहीसहित अन्य घाइतेको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।  कञ्चनपुरको महेन्द्रनगरबाट जन्ती बोकेर बैतडीको ग्वाल्लेकतर्फ आउँदै गरेको सुपप्र  ०१–००१ ज ३७७ नंको जिप आज साढे ५ बजेतिर  दरशथचन्द राजमार्गअन्तर्गत बैतडीको हिरापुरमा दुर्घटनामा परेको हो । दुर्घटनाका कारण खुल्न सकेको छैन । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
 

प्रकाशित मिति: मंगलबार, वैशाख १४, २०७८  ०५:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार