काठमाडौं जिल्ला प्रशासन कार्यालय एक साता बन्द 

सोमबार, वैशाख १३, २०७८

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले कोभिड–१९ को सङ्क्रमणका कारण एक हप्ताका लागि अत्यावश्यक बाहेकका सेवा स्थगित गरेको छ । कोरोनाको सङ्क्रमण बढ्दै गएको र कार्यालयका केही कर्मचारीसमेत सङ्क्रमित भएकाले होम आइसोलेशनमा रहनुपर्ने तथा सम्पर्कमा रहेका अन्य कर्मचारीको पनि परीक्षण गर्नुपर्ने हुँदा आजदेखि एक हप्ताका लागि सेवा स्थगित गरिएको जनाइएको छ ।  
यो अवधिमा शान्ति सुरक्षासँग सम्बन्धित निवेदन, मुद्दासँग सम्बन्धित कार्य र अन्य अत्यावश्यक  सिफारिसको सेवा भने सञ्चालन हुने प्रशासन कार्यालयले आज सूचना जारी गरी जनाएको छ । पछिल्लो समयमा काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण बढ्दो छ । यसअघि प्रशासन कार्यालयले विभिन्न विषय समेटेर आवश्यक सावधानी अपनाउन सर्वसाधारणसँग अपिल गरिसकेको छ ।
 

प्रकाशित मिति: सोमबार, वैशाख १३, २०७८  ०५:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार