श्रीलङ्कामा थप १० लाख बालबालिकालाई दिवा खाजाको व्यवस्था गरिने

आइतबार, असोज १६, २०७९

कोलम्बो । श्रीलङ्का सरकारले थप १० लाख विद्यालयका विद्यार्थीका लागि दिवा खाजाको व्यवस्था गर्ने निर्णय गरेको छ ।श्रीलङ्का सरकारले थप १० लाख विद्यालयका विद्यार्थीका लागि दिवा खाजाको व्यवस्था गर्ने निर्णय गरेको मन्त्रिपरिषद्का प्रवक्ता बन्दुला गुणवर्दनाले मङ्गलबार जानकारी दिएका छन्   । राष्ट्रपति रनिल विक्रमासिङ्घेले प्रस्तुत गरेको प्रस्तावलाई मन्त्रिपरिषद्ले सोमबार स्वीकृति दिएको उनले बताए  । उक्त निर्णय तत्काल कार्यान्वयन गरिने सराकारका प्रवक्ताले बताएका छन् ।उनले भने  “हालैका महिनाहरूमा, विद्यालयका बच्चाहरूको पोषणको बारेमा धेरै चिन्ताहरू भएका छन् । आर्थिक सङ्कटका कारण धेरै बालबालिका बिहानको खाजा नखाई विद्यालय आउने गरेको समाचारहरु आएका थिए । यो पहलले चिन्तालाई सम्बोधन गर्नेछ ।” श्रीलङ्का सरकारले यसअघि नै १० लाख ८० हजार विद्यार्थीलाई दिवा खाजा उपलब्ध गराइसकेको र यसबाट सरकारलाई वार्षिक एक करोड २० लाख अमेरिकी डलर खर्च हुने बताउँदै उनले थप १० लाख विद्यालयका विद्यार्थीलाई खाना खुवाउँदा सरकारले बेहोर्ने खर्च दोब्बर हुने बताए  ।
 

प्रकाशित मिति: आइतबार, असोज १६, २०७९  २२:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार