कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीको बैठकमा समानुपातिक सूची संशोधनको सहमति

आइतबार, असोज १६, २०७९

काठमाडौ : सत्तारुढ नेपाली कांग्रेसका पदाधिकारी, पूर्वपदाधिकारी र प्रदेश सभापतिको बैठक बालुवाटारमा जारी छ । 

नेपाली कांग्रेसमा संस्थापन र इतरपक्षबीच उमेदवारीको विषयमा कुरा मिल्न नसकेको पछि समानुपातिक बन्द सुचीलगायतका विषयमा सम्वोधन गर्नका लागि बैठक बसेको हो ।  

संस्थापन इतर शेखर कोइराला समूहले समानुपातिकतर्फ ११० को ४० प्रतिशत अर्थात् ४४ जनाको सूची दिए पनि संस्थापन पक्षले त्यसलाई सम्वोधन नगरी संसोधित नामावली बुझाए पछि दुवै पक्षबिच रस्साकस्सी चलिरहेको छ ।

संस्थापन पक्षले भने कोइराला समुहले बुझाएको सुचीको ३५ प्रतिशत भन्दा बढी समावेश गरेर बन्द सुची बुझाएको दावी गर्दैै सहमतिमा आउन आग्रह गरिरहेको छ

समानुपातिकमा जुट्यो सहमति !
नेपाली कांग्रेसले समानुपातिकतर्फ उम्मेदवारको संशोधित सूची निर्वाचन आयोगमा बुझाउने भएको छ ।  संस्थापन पक्ष संस्थापन इतरसमूहको लामो छलफलपछि सूची संशोधन गरी निर्वाचन आयोगमा पेश गर्ने सहमति बनेको हो । 
्सभापति शेरबहादुर देउवाले नेता कोइराला, महामन्त्री गगन थापा र सहमहामन्त्री बद्री पाण्डेलाई बोलाएर सूची सच्याउने आश्वासन दिएका थिए । पार्टी भित्रको विवाद अन्त्य गरि निकास खोज्न शुक्रबार बिहानदेखि कांग्रेसका शीर्ष नेताहरुको घनिभूत छलफलमा बसेका थिए ।
शुक्रबार ९ बजे बैठक बोलाइएको बैठकले सहमतिको विन्दु पहिल्याउन सकेन । बैठक पुनः शनिबार विहानका लागि डाकियो ।, शनिबार दिउँसोको बैठकले पनि बन्द सूचीलाई अन्तिम रुप दिन सकेन । शनिबार रातिको बैठक भने निर्णायक रहृयो । प्रधानमन्त्री देउवा निवासमा रातभर बसेर सहमति जुटाउन नेताहरु कस्सिए । कांग्रेसले आज (असोज १६) भित्र बन्द सूचीमा रहेका नाम परिमार्जन गर्नैपर्ने वाध्यता रहेकाले पनि उक्त बैठक निर्णायक बन्यो ।
बैठकलाई निर्णायक बनाउने काममा भूमिकाको हिसाबले दुई महामन्त्रीले योगदान गरे । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले विवादलाई साँघुरो बनाउँदै सहमतिमा ल्याउन पहल गरेको सहभागी कांग्रेस स्रोतको दाबी छ । थापा र शर्माकै पहलमा सभापति देउवा र शेखरवीच संवाद भएको थियो । देउवा र शेखर बीचको संवादमा महामन्त्रीद्धय थापा र शर्मा सहभागी थिए ।
सभापति देउवा, शेखर र महामन्त्रीद्धयले छलफल गरिरहँदा अर्को तर्फ अन्य नेताहरुको बैठक पनि बसिरहेको थियो । उक्त बैठकमा उपसभापतिद्धय पूर्णबहादुर खड्का, धनराज गुरुङ, सहमहामन्त्रीहरु, पार्टी प्रवक्ता डा प्रकाश शरण महत, नेताहरु रामचन्द्र पौडेल, अर्जुननरसिंह केसी, डा रामशरण महत लगायत सहभागी थिए । ‘भद्रगोल’ रुपमा रहेका समानुपातिक तर्फको नामलाई छरितो बनाउने काम उक्त बैठकले नै गर्‍यो ।
बैठकबाट निर्णय गर्नै पर्ने दबाबमा कांग्रेस नेताहरू थिए । तर पाका नेताहरुसमेत सामेल बैठकमा अर्को पनि पिरलो थियो । कतै, पाका उमेरका नेताहरु राति बस्न नसकेर सुत्ने पो हुन् कि भन्ने पिरमा दोस्रो र तेस्रो समूहका नेताहरु थिए । 
कांग्रेसले समानुपातिक तर्फ पाउने कुल सांसदमा एक तिहाइ आसपास शेखर पक्षबाट हुने गरि सहमति जुटेको छ । अघिल्लो बन्द सूचीलाई अन्तिम मानिएको भए शेखर पक्षका एक जना पनि उम्मेदवार नहुने भन्दै उक्त पक्षको असन्तुष्टि थियो । समानुपातिकतर्फ ११० जनाको नाम बुझाउनुपर्नेमा कांग्रेस १०९ जनाको सूची निर्वाचनमा आयोगमा बुझाएको थियो । ती मध्ये १३ जनामात्रै कोइराला पक्षका थिए । उनीहरुलाई पनि सूचीको अन्तिमतिर समेटिएको थियो ।

 

प्रकाशित मिति: आइतबार, असोज १६, २०७९  १४:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार