शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार 

ललितपुर मेयर चिरीबाबु संस्कृतिविद् जोशी भेट्न पुगे अस्पताल
बिहीबार, असोज १३, २०७९

ललितपुर । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका छन् । 
गत वैशाखमा एक सय तीन वर्षमा प्रवेश गरेका जोशीको स्वास्थ्यमा समस्या देखा परेपछि ६ दिन ग्वार्खोस्थित किस्ट अस्पतालमा भर्ना  गरिएको थियो । ‘अहिले उहाँको स्वास्थ्यमा सुधार भएको छ , आज टेस्ट गर्न पठाएको रगतको रिपोर्ट ठीक आए, दुई दिनपछि घर पठाउँछौं’ अस्पतालकी नर्स सनम चौधरीले जानकारी दिइन् ।  डेंगीबाट संक्रमित जोशीको पिसाबमा संक्रमण र दम बढेपछि अस्पताल ल्याइएको थियो । 

ललिपतुर महानगर प्रमुख चिरीबाबु महर्जन जोशीलाई राखिएको कोठाभित्र प्रवेश गर्ने बित्तिकै जोशीले नमस्कार गर्दै केही बेर कुरा गरेका थिए । वाङमय शताब्दी पुरुष जोशीले नगरप्रमुख महर्जनसँग भने,‘कला, संस्कृतिको क्षेत्रमा राष्ट्रका लागि मैले गरेको काममा तपाईं सहयोग गरेपछि थप उचाई पायो, अब राष्ट्रको यी सम्पत्तिको संरक्षण गर्ने जिम्मेवारी तपाईंको । ’ महर्जनले शताब्दी पुरुष जोशीलाई मलेसियामा भएको सिटीनेटको अधिवेशनमा आफू कार्यसमितिमा निर्वाचित भएको कुरा सुनाउँदा सत्यमोहन उत्साहित देखिन्थे । 
ललितपुर महानगरले जोशीको दैनिक सहज बनाउन सवारीसाधन, ड्राइभर, सुरक्षाकर्मीको व्यवस्था पाँच वर्ष अघि गरेको थियो । महानगरले राष्ट्रका लागि योगदान पु¥याउने व्यक्तिलाई जीवन छँदा नै सम्मान गर्ने उद्देश्यसहित तीन वर्ष अघि जोशी एक सय वर्षमा प्रवेश गरेको अवसरमा अभिनन्दन गरेको थियो । यसैगरी,जोशीको मुहार छापिएको हुलाक टिकट प्रकाशन र सिक्का निस्काशन गरिएको छ ।

 

प्रकाशित मिति: बिहीबार, असोज १३, २०७९  १५:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार