कोरोना सङ्क्रमणबाट कांग्रेस फुङलिङ नगर सभापतिको मृत्यु 

शनिबार, वैशाख ११, २०७८

फुङ्लिङ । नेपाली कांग्र्रेसका फुङ्गलिङ नगर सभापति शिवकुमार गुरुङको कोरोना सङ्क्रमणबाट निधन भएको छ । निमोनिया भएपछि उपचारका क्रममा शुक्रबार बिएन्डसि हस्पिटल बिर्तामोडमा मृत्यु भएको पारिवारिक श्रोतले बताएको छ ।  पिसिआर परीक्षणमा ढिलाइ हुँदा सङ्क्रमितको मृत्युपछि मात्रै कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिए । 
गुरुङको शवलाई झापामै अन्त्यष्टि गर्न आग्रहसमेत गरिएको उनले बताए ।  उनका अनुसार आफन्तले गुरुङको शव ताप्लेजुङ नै ल्याउने प्रयत्न गरिएको हो । प्रजिअ पाण्डेका अनुसार शवलाई झापामै अन्त्यष्टि गर्नका निम्ति प्रजिअलगायत अन्य सरोकारवालासँग समन्वय भइरहेको छ ।
 

प्रकाशित मिति: शनिबार, वैशाख ११, २०७८  ०५:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार