ललितपुर महानगरमा विवाद समाधान गर्न मेलमिलाप केन्द्र 

उपप्रमुख मंजलीले गरिन्  उद्घाटन   
बुधबार, असोज १२, २०७९
डिस होम विज्ञापन
Global Ime Bank

ललितपुर   ललितपुर महानगरले स्थानीय स्तरमा हुने विवाद समाधानका लागि मेलमिलाप केन्द्र संचालन गरेको छ । 
महानगरको वडा नं।२ कार्यालयमा खोलिएको केन्द्रको बुधबार नगर उपप्रमुख मंजली शाक्य बज्राचार्यले उद्घाटन गरिन् । ललितपुर महानगरमा २९वटा वडाहरु छन् । अन्य वडाहरुमा पनि मेलमिलाप केन्द्र संचालनमा ल्याउने तयारी भइरहेको छ । केन्द्रको उद्घाटन गर्दै उपप्रमुख मंजली शाक्य बज्राचार्यले रुपान्तरणसहितको समाज निर्माणका लागि मेलमिलाप महत्वपूर्ण भएको बताइन् । विवादको अन्तरवस्तु बुझेर समाधान गर्नु पुण्यको काम भएको बताउँदै मेलमिलापले समाजलाई सकारात्मक दिशामा लैजाने प्रष्ट पारिन् । उनले भनिन् , ‘ प्रत्येक समस्याको समाधान हुन्छ, मेलमिलापले पहाडलाई तिल बनाउँछ, यो कानुनी विषय मा त्रै होइन, सामाजिक कार्य हो, पुण्यको काम हो । 

307663046_428726879400177_5878238370618144472_n1664400155.jpg

 महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले मेलमिलाप केन्द्रको सुरुवात हुनु उदाहरणीय र अनुकरणीय काम भएको बताए । न्यायिक प्रक्रियामा मेलमिलाप महत्वपूर्ण तत्व भएको प्रष्ट पार्दै मेलमिलापले विवादमा रहेका दुबै पक्षले जित्ने बताए ।  ललितपुर महानगर वडा नं।२का वडा अध्यक्ष राजेश महर्जनले मेलमिलाप केन्द्रले विवाद समाधान गरेर मेलमिलाप गराउन निर्वाह गर्ने भूमिका महत्वपूर्ण भएको दाबी गरे । उनले भने, ‘मेलमिलाप केन्द्रले सियोको काम गर्छ, दुबै पक्षलाई जितेको अनुभव गराउँछ ।’ 
ललितपुर महानगर कानुन महाशाखाका प्रमुख खगेन्द्र प्रसाद वस्तीले विवादको समाधान मेलमिलाप भएको बताए । महानगरले विषयको महत्व र गम्भीरता बुझेर वडा पिच्छे नै मेलमिलाप केन्द्र संचालनको कार्य सुरु गरेको बताए । सेवाग्राहीको सहजताको लागि केन्द्रलाई वडा तहसम्म विस्तार गरिएको उनको भनाई थियो । स्थानीय शासन संचालन ऐन २०७४ को दफ ४७ का अधिकार संचालन गर्ने सन्दर्भमा विवादलाई वडा तहमा नै समाधान गर्नका लागि यो केन्द्रको अवधारणा सुरु भएको हो । उक्त ऐन अन्तर्गत उपप्रमुखको संयोजकत्वमा प्रत्येक स्थानीय तहमा न्यायिक समिति गठन गर्नुपर्ने व्यवस्था छ । न्यायिक समितिका सदस्य सरस्वती जोशी थापाले मेलमिलापकर्ता वकिल नभई सहजकर्ता भएको बताइन् । मेलमिलाप केन्द्रले सेवाग्राहीलाई घर नजिकैबाट समस्याको समाधान गर्न सहयोग गर्ने बताए  । यसैगरी कार्यक्रममा नगरप्रमुख तथा न्यायिक समितिकी संयोजक मंजली शाक्यले मेलमिलापकर्तालाई सपथ गराएकी थिइन् । महानगरले मेलमिलापकर्तालाई वडा तहमा तालिम दिएको थियो ।   
 

प्रकाशित मिति: बुधबार, असोज १२, २०७९  १७:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार