सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुयाँलले जिल्ला समन्वय समितिलाई अहिलेकै अवस्थामा अघि बढाउनुको साटो खारेजी गर्दा उपयुक्त हुने सुझाव दिएका छन् । ‘भूमिका स्पष्ट हुने गरी कि संविधानमै किटानी व्यवस्था गरियोस्, होइन भने जिल्ला समन्वय समिति खारेज गरियोस भनेर अहिले हामी ७७ वटै जिल्लाका प्रमुखले मागेका छौ’ नेपाल पत्रकार महासंघ ललितपुरले वडादशैं, तिहार, छठ तथा नेपाल सम्वतको नयाँ वर्षका उपलक्ष्यमा शनिबार ललितपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा अतिथिका रुपमा सहभागी भएका ललितपुरका जिसस प्रमुख फुँयालले भने । 'संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री तथा सचिवसँग हामीले यो कुरा राखेका छौ । यो मागमा ठोस सुनुवाई नहुँदासम्म हामी यो कुरा उठाइरहने छौ । पत्रकारिता क्षेत्रले पनि हाम्रा कुरा पनि राखिदिनु होला' उनले भने । जिल्ला भित्रको सन्तुलित विकासका लागि भने जिल्ला समन्वय समितिको परिकल्पना गरिएको रहेछ उनले भने, ‘म पनि ललितपुरका ग्रामीण क्षेत्रमा जन्मे हुर्केर आएको हुँ । ललितपुरका तीनवटा गाउँपालिकाहरू विकासका दृष्टिकोणबाट पछाडि छन् । यो क्षेत्र के कति कारणले पछि पर्यो त्यो खोज्ने जमर्काे हामीले गरेका छौं ।’ बजेट विनियोजन गर्दा त्यो क्षेत्रलाई जिल्लाका कार्यालय प्रमुखहरुले पनि प्राथमिकता राख्दैनन् । संघीय सरकारले तथा प्रदेश सरकारले पनि त्यो क्षेत्रमा बजेट छुट्याउने विषयमा आँखा नै लगाएको छैन भन्ने विषय हामीले खोजी रहेका छौ उनले भने ।