विवेकशील साझाले काठमाडौं २ बाट धनेज थापालाई उम्मेदवार बनाउने

शनिबार, असोज ८, २०७९

काठमाडौं, ।  विवेकशील साझा पार्टीले काठमाडोैँ क्षेत्र नम्बर २ मा कृषिविद् धनेज थापालाई उम्मेदवार बनाउने भएको छ । शनिबार काठमाडौँ क्षेत्र नम्बर २ का अगुवा, समाजसेवी, पार्टीका नेताहरु, व्यवसायी, प्रतिष्ठित नागरिक र सर्वसाधारणहरुको उपस्थितिमा थापाको उम्मेदवारी घोषणा गरिएको हो। धनेज थापा पिएचडी स्कलर हुन्। उनी लामो समयदेखि भूमि, कृषि, जलवायु अनुकूलन– विपद जोखिम न्यूनीकरणका क्षेत्रमा काम गरिरहेका छन् । पछिल्लो समय उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परामर्शदाताको रूपमा काम गरिरहेका छन् । 

प्रकाशित मिति: शनिबार, असोज ८, २०७९  १६:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार