अर्घाखाँचीमा श्रीमानद्वारा श्रीमतीको हत्या

शनिबार, असोज ८, २०७९
मयुर प्लाई

अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकामा श्रीमान‍्को आक्रमणबाट श्रीमतीको ज्यान गएको छ ।

जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर ३ खस्रकामा आपसी विवाद हुँदा भएको झगडामा दिउँसो करीव ४ बजे श्रीमान‍्को आक्रमणबाट श्रीमतीको ज्यान गएको हो ।

पारिवारीक विषयमा आपसी बिबाद हुँदा ५३ वर्षीय पिताम्बर भुसालले लोहोराले हानेर श्रीमती ५० वर्षीया मनकला भुसालको हत्या गरी प्रहरीमा आफैँ समर्पण गरेको स्थानीयले जानाकारी दिएका छन् ।

घटनाको थप अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी प्रमुख होमनाथ रेग्मीले जानकारी दिए । 

मृतक भुसालका दुई छोरा र एक छोरी रहेका छन् ।

प्रकाशित मिति: शनिबार, असोज ८, २०७९  ०४:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार