मानव बेचविखनकाविरुद्धको दिवस र यसले दिने सन्देश 

शुक्रबार, असोज ७, २०७९

केही समयअघि नेपालसहित विश्वका धेरै मुलुकहरूले मानव बेचविखनविरुद्धको अन्तराष्ट्रिय दिवस मनाए ।  प्रत्येक वर्ष भदौ २० गतेलाई मानव बेचविखनविरुद्धको अन्तराष्ट्रिय दिवस मनाउने गरिन्छ । अहिले सम्मको दिवस मनाएको अवस्था हेर्दा के देखिन्छ भने जुन स्थानमा सेवा र सुविधा पुगेको छन् ती ठाउँका यस्तो दिवस मनाइएको पाइन्छ । तर यस्ता दिवसहरू सेवा सुविधा नपुगेका स्थानहरूमा मनाउन जरुरी छ । 
सेवा सुविधाबाट बञ्चित स्थानमा बसोबास गर्ने जनतामा यस्ता दिवसले बोकेका सन्देश पुग्न सकेनन् भने दिवस मनाउनुलाई सार्थक मान्न सकिँदैन । जहाँ चेतना छैन, अशिक्षा रोगभोकको पीडा छ यी ठाउँमा मानव बेचविखनको समस्या देखिने गरेको छ । भेदभाव, जातिय छुवाछुत, शिक्षा, रोजगारीको अभाव अनि चरम गरिबीको पीडा यसै ठाउँमा हुन्छन् । फलस्वरुप जीवन जिउन बाध्य निसाहय गरिब मानव अर्काको माया ममतामा छिटो लहसिने गरेको देखिन्छ । फलत दलालीले उनीहरूलाई नै बेचविखनको सिकार बनाउँछन् । 
मानव बेचविखनकाविरुद्धमा तारे होटलमा गरिने छलफल कति उपलब्धिमूलक भयो–भएन यसैलाई अनुसन्धानको विषय बनाउनु आजको प्रमुख विषय बनाउनु पर्छ । तारे होटलमा गरिएको बहसले ति पीडित महिला दिदी बहिनीको अवस्थालाई कहाँबाट सम्बोधन भयो ? हामीले उद्धार र  पुर्नस्थापना र पुर्नमिलन  गरेको दिदी बहिनीहरूको आजको अवस्था कस्तो छ ? बेचविखनका विरुद्धमा क्रियाशिल संस्थाका सञ्चालकसँग यसको एकिन तथ्थाङ्क छ न सरकारी निकायसँग नै ? यस विषयमा मिहिन तरिकाको अनुसन्धान गर्न आवश्यक छ ।
पीडित महिलाका नाममा सरकारी तवर तथा दातृ निकायबाट कति अनुदान आए, कति खर्च भए ? यसबाट उनीहरूको आयआर्जन र जीवनस्तर कति सबल भयो बा भएन भन्ने तथ्याङ्क न सरकारसँग छ न यो क्षेत्रमा क्रियाशील संघ सस्थाँसँग छ । यो क्षेत्रमा लामो समयदेखि कार्यक्रमहरु लागू भए पनि मानव बेचबिखन झन झन बडेको देखिन्छ । वैदेशिक रोजगारमा दिन प्रतिदिन बढ्दो आकर्षणको अवस्थाले पनि मावन बेचविखनलाई प्रोत्साहित गरिरहेको अवस्था छ । वैदेशिक रोजगारीले निम्त्याएका प्रभावका मूल्याङ्कन हामीले कति गरेका छौं ? यो खोजीको विषय हो । कागजमा मात्र सिमित हाम्रा प्रतिवेदन अनि केही सहर केन्द्रित बहसले मानव वेचविखन न्यूनिकरण हुन सक्दैन । यसका लागि हामीसँग ठोस कार्ययोजना के छ ? रुपन्नतरणका लागि अपनाएका कार्यविधि पीडित मैत्री छ कि छैन ? यो विषयमा हामीले कुनै अनुसन्धान गरेका छैनौ । यो पाटो पनि खोजीको विष हुनुसक्छ । 
साच्चै भदौ २० लाई सफल बनाउने प्रयास हो भने हामी सबैले मुलुक भित्रै रोजगारको अबसर दिनका लागि प्रयास गर्नुपर्छ । जनताको लागि गाँसबास कपासको व्यवस्था गर्नेतर्फ हामी सबैको पहल जरुरी छ । हाम्रो संविधानमा ब्यावस्था गरिएको मौलिक हकको न्यूनतम कार्यान्वयन गर्न हामी असमर्थ छौं । बेचविखनबाट पीडित भएकाहरुलाई आयआर्जनमा जोड्न सकेका छैनौ । स्वदेशमै रोजगारी दिन सकेको अवस्थामा युवा पुस्तालाई बेचबिखनबाट जोगाउन सकिन्छ ।
रेमिट्यान्सले धानेको अर्थतन्त्र हाम्रो छ । युवालाई स्वदेशमा रोजगारीका अवसर गर्न शाशक चुकिरहेको छ । नागरिकको जीबन रक्षा गर्न सकिरहेको छैन । वैदेशिक रोजगारीका नयाँ नयाँ गन्तव्यको खोजी गर्ने सरकारकै मानिसहरू तारेहोटलको बहसमा मानव वेचविखनविरुद्धको अभियानमा जोडिएका देखिन्छन् । वाध्यात्मक रुपमा विदेशिन बाध्य युवा युवतीले अर्काको मुलुकमा भोग्नु परेको समस्या भदौ २० का दिन अन्तराष्ट्रिय दिवस मनाएको दिनमा मात्रै सुनिन्छ । उनीहरुका समस्या देखिए–सुनिए पनि क्षणिक छलफलमा मात्रै सिमित हुन्छ । यसो गरौ, उसो गरौ भन्ने बखान मात्र । विदेशी भूमिमा आफू कार्यरत संस्थाको प्रमुख वा घर मुलीबाट बलत्कृत महिलाको पीडा, उसको मानसिकतामा  परेको असर, परिवार पाल्नुपर्ने बाध्यताका बारेमा सरकारी तथा गैर सरकारी तवरबाट चासो देखाइनु पर्छ । परिवारको खुसीको लागि विदेशिन बाध्य एउटा भाई, विदेशी भूमिका साहुको कुटाईबाट मुर्छित, एउटा युवाको कथाबाट पाठ सिकेर हामी अघि बढ्नु पर्छ । जबरजस्र्ती लगाएको वा गर्न बाध्य परेको काम नगर्दा जीवन नै अन्त्य भएका घटनालाई मानव वेचखिनसँग सबन्धित विषयसँग जोडेर हेर्न ढिलाए भएन र ? यसका लागि भएका प्रयासले कस्तो उपलब्धि भए हामीसँग भएका कागजी तथ्याङ्क ग्रामीण झुपडिमा बसेका गरिब असाय अपहेलित महिला अनि सहरा विहिन जनताको लागि सहरका तारेहोटलको बहसले पीडितको जीवनमा रुपान्तरण ल्यायो कि ल्याएन यो  पनि अनुसन्धानको अर्को विषय हुन सक्छ । 
हामीले मानव बेचविखनका क्षेत्रमा गरेका साधन स्रोतको खर्चले अवस्था कस्तो बन्यो ? हाम्रा प्रयासबाट भइरहेका कामहरू वास्तविक पीडितले प्राप्त गरेका छन् कि केवल बहस–छलफलमा मात्र सिमित छन् ? यो पक्षमा पनि खोजविन गर्नुपर्छ । यसबाट प्रष्ट हुन्छ हामीले पीडितको हकअधिकार अनि सम्मानजनक रूपमा समाजमा बस्न सक्ने अवस्थालाई हामीले कति पूरा गरांै वा गर्न सकिएन ? गर्न सकिएन भने किन गर्न सकिएन ? यसमा कसको जिम्मेवार कति हुन्छ ? राज्य वा नागरिक समाज, तसर्थ यसक्षेत्रमा पर्याप्त मात्रामा अनुसन्धान गर्न ढिला गर्न हुँदैन यसले भदौ २० मानव बेचविखनको क्षेत्रमा साथै अभियान र न्युनिकरणमा कोसेढुङ्गा सबित होस् ।
–विष्णु सापकोटा, मानव बेचविखनविरुद्धको क्षेत्रमा अनुसन्धानरत विद्यार्थी हुन् 

प्रकाशित मिति: शुक्रबार, असोज ७, २०७९  १७:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार