रविन्स शर्माको संयोजत्कमा प्याब्सनले गठन गर्‍यो विपद् व्यवस्थापन विभाग 

बिहीबार, असार २६, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले शैक्षिक व्यक्तित्व रविन्स शर्माको संयोजकत्वमा ९ सदस्यीय प्राकृतिक प्रकोप तथा विपद् व्यवस्थापन विभाग गठन गरेको छ । प्याब्सनले हिजो बुधबार राजनैतिक, तथा सामाजिक क्षेत्रमा क्रियाशील शर्माको संयोजकत्वमा उक्त विभाग गठन गरेको हो ।  विद्यालयमा हुन  सक्ने प्राकृतिक प्रकोप तथा विपद व्यवस्थापन गर्नका लागि केन्द्रीय स्तरमा प्राकृतिक प्रकोप तथा विपद व्यवस्थापन विभाग गठन गरेको हो ।  विभागमा बागमती प्रदेशका लागि प्रल्हाद खनाल, सुदुरपश्चिम प्रदेशका लागि समर जङग चन्द, कोशी प्रदेशका लागि प्रेमलाल सिंह सुवाल, लुम्बिनी प्रदेशका लागि दिनेश सिग्देल, कर्णाली प्रदेशका लागि पूर्णबहादृुर नेपाली, गण्डकी प्रदेशका लागि गोपाल पराजुली, मधेश प्रदेशका लागि शंकर प्रसाद शाह, बागमती प्रदेशका लागि पदमबहादुर कार्कीलाई चयन गरिएको प्याब्सनले जनाएको छ । 

WhatsApp-Image-2025-07-10-at-17.04.48-1752147993.jpeg
WhatsApp-Image-2025-07-10-at-17.06.33-1752147992.jpeg
 

प्रकाशित मिति: बिहीबार, असार २६, २०८२  १७:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार