शेखर कोइराला पक्षधरको भेला गर्न बैठक जारी 

शुक्रबार, असोज ७, २०७९

काठमाडौं ।  नेपाली कांग्रेसको शेखर कोइराला पक्षले भेला गर्ने तयारी गरेको छ । शनिबार गर्ने भेलाका लागि शेखर पक्षको बैठक बसिरहेको छ ।  विशेषगरी आसन्न निर्वाचनमा आफू पक्षधरका नेतालाई उम्मेदवार बनाउन नेतृत्वलाई दबाब दिने उद्देश्यले गर्न लागेको भेलाको तयारी स्वरुप अहिले कोइराला पक्षधरको बैठक बसेको हो । जारी बैठकमा कोइराला पक्षधरका केन्द्रीय सदस्य, जिल्ला सभापति, पूर्व जिल्ला सभापति, प्रदेश समितिसहितका नेताहरुको सहभागिता छ । 
 

प्रकाशित मिति: शुक्रबार, असोज ७, २०७९  १३:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार