सिटीनेटको कार्यसमितिमा ललितपुर मेयर चिरीबाबु निर्वाचित

‘सहरको विकासमा समन्वय र सहयोग गर्छु’
बिहीबार, असोज ६, २०७९

ललितपुर । सिटीनेटको नवौं कार्यसमिति चयन गर्न भएको अधिवेशनमा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन निर्वाचित भएका छन् । मलेसियाको राजधानी क्वालालम्पुरमा बिहीबार सम्पन्न अधिवेशनले महर्जनलाई तेस्रो स्थानमा निर्वाचित गरेको हो । नौ सदस्यीय उक्त कार्यसमितिका लागि पहिलो श्रीलंकाको कोलम्बो सहर र दोस्रो फिलिपिन्सको इलुइलु सहर निर्वाचित भएका छन् । नवनिर्वाचित कार्यसमितिको कार्यअवधि चार वर्ष अर्थात सन् २०२६ सम्म रहनेछ । यसैगरी गरी अधिवेशनले सिटीनेटको अध्यक्षमा दक्षिण कोरियाको सियोल सहरका मेयरलाई चयन गरेको छ । उपाध्यक्षमा मलेसियाको क्वालालम्पुरका मेयर र महासचिवमा अमेरिकाका विजय जगन्नाथन चयन भएका छन् ।

सिटीनेट एसिया प्यासिफिक रिजनका एक सय ७३ मेयर र विषयविज्ञहरु सहभागी भएको संजाल हो । सिटीनेटले सहरको विकासका लागि सहयोग र अनुभव आदानप्रदान गर्न समन्वयात्मक भूमिका निर्वाह गर्छ । निर्वाचित भए लगत्तै प्रतिक्रिया दिदैं ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले भने,‘ सिटीनेटबाट ललितपुर महानगरले शिक्षा र प्रकोपको जोखिमबाट जोगिन अपाउनु पर्ने सीप क्षमता र आवश्यक उपकरणको क्षेत्रमा सहयोग पाएका छौं ।’ नगरप्रमुख महर्जनले ललितपुरले नेपालभित्रका अन्य नगरपालिकाहरुलाई पनि सहयोग गरेको बताए । उनले मत दिने सबैलाई धन्यवाद दिदैं सहरको विकासमा लागि समन्वय र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

307280004_523202033140619_7420446051865430344_n1663840121.jpg

ललितपुर महानगरपालिका सन् १९८७ देखि सिटीनेटको साधारण सदस्य मात्रै रहेकोमा सन् २०१८मा भएको अधिवेशनमा निर्वाचित भएको थियो । यसैगरी सिटीनेटको नेपाल च्याप्टरमा १६ वटा नगरपालिका र ५ वटा विषय विज्ञसंस्थाहरु छन् । नेपाल च्याप्टरको अध्यक्ष र सदस्य सचिवको भूमिकामा क्रमश ः हेटौंडा उपमहानगरपालिका र एनसेट रहेका छन् । नेपाल च्याप्टरको अबको बैठक भने धनगढी उपमहानगरपालिका बस्ने तय गरिएको छ । यसैगरी सिटीनेटको १० औं कार्यसमिति छनौटका लागि गरिने अधिवेशन पोखरा महानगरपालिकामा गर्न प्रस्ताव गरिएको छ ।

प्रकाशित मिति: बिहीबार, असोज ६, २०७९  १५:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार