ग्रामीण चिया उद्योगमा आगलागी, १० लाखको चिया क्षति

शुक्रबार, वैशाख १०, २०७८

इलाम । सूर्योदय नगरपालिका–९ गैरीगाउँस्थित ग्रामीण चिया उद्योगमा बिहीबार आगलागी हुँदा भण्डारमा रहेको अन्दाजी ४५ बोरा चिया जलेर नष्ट भएको छ ।  क्षति भएको चिया १० लाख रुपैयाँ बराबर रहेको बताइएको छ ।  कारखानाका कामदारले चिया पकाउने क्रममा ग्यास चुहिई आगलागी भएको थियो । आगो प्रहरी र स्थानीयवासीको सहयोगमा बिहान ६ बजे पूर्णरुपमा नियन्त्रणमा आएको छ । आगलागीबाट मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १०, २०७८  ०९:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार