मकवानपुरका स्थानीय तहमा क्वारेन्टिन र आइसोलेशन सञ्चालनमा ल्याइने 

बिहीबार, वैशाख ९, २०७८

मकवानपुर । कोरोना भाइरस– १९ सङ्क्रमणको जोखिम बढेपछि बुधबार सर्वपक्षीय बैठक बसेर स्वास्थ्य सुरक्षाको मापदण्ड अवलम्बन र त्यसलाई पालना गर्ने गराउने निर्णय भएको छ । जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा हेटौँडा उपमहानगरपालिका, थाहा नगरपालिका र आठ गाउँपालिकाका जनप्रतिनिधिको सहभागितामा बसेको बैठकले गत वर्ष सञ्चालित क्वारेन्टिन, आइसोलेशन पुनःव्यवस्थापन गरी तत्कालै सञ्चालनमा ल्याउन स्थानीय तहलाई आग्रह गरिएको छ । बैठकमा एम्बुलेन्स र शवबाहनमा परेको समस्याका सम्बन्धमा कोभिड– १९ सङ्कट व्यवस्थापन केन्द्रमार्फत समाधानका लागि पहल गर्ने निर्णय गरिएको जिसस प्रमुख खुलालले जानकारी दिए ।  राजनीतिक दल, सामाजिक सङ्घसंस्था सबैले आम नागरिकको स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न÷गराउन अआफ्नो स्थानबाट प्रचारप्रसार गरी जनचेतना फैलाउने निर्णय गरिएको छ ।
 

प्रकाशित मिति: बिहीबार, वैशाख ९, २०७८  ०६:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार