जागिर खाने हाेइन स्वराेजगार बनाउने शिक्षामा जाेड दिऔँ : सामाजिक विकासमन्त्री राजन राई

बिहीबार, असोज ६, २०७९

उदयपुर । प्रदेश १ सरकारका सामाजिक विकासमन्त्री राजन राईले बजारमा बिक्ने खालको जीवन उपयोगी शिक्षामा जोड दिनु पर्ने बताएका छन् । उदयपुरमा आयाेजित कार्यक्रममा उनले शिक्षाविना देश विकास नहुने तर आजको आवश्यकताकाे आधारमा शिक्षा दिनु लिनु पर्ने बताए । उनले आजकाे आवश्यकता भनेका प्राविधिक शिक्षा रहेकाे बताए ।

त्रियुगा नगरपालिका–१२ बरुवा क्याम्पसकाे पुस्तकालय भवन शिल्यान्यास गर्दै उनले शिक्षा जागिर खाने खालको भन्दा पनि स्वारोजगार बन्ने खालकाे हुनुपर्ने बताए । अहिले स्वराेजगार बनाउने खालकाे शिक्षा देशलाई आवश्यक रहेकाे उनले बताए । 

शिक्षाले पढाउने भन्दा पनि सिकाउने वा प्रयोगमा आउने शिक्षामा जोड दिनु पर्ने बताए । गुणस्तरीय शिक्षाले नै समृद्ध बनाउने भएकाले शिक्षाको नीतिगत रुपमा सुधार गर्नु आवश्यक रहेको मन्त्रीले औल्याए । त्यसका लागि संघीय शिक्षा ऐन निर्माणमा भएको ढिलाईले  प्रदेश शिक्षा ऐन तथा निति निर्माणमा पनि ढिलाई भएकाे बताए । उनले भने, 'उदयपुरलाई शैक्षिक हबको रुपमा विकास गर्न सकिने भएकाले त्यसका लागि प्रदेश सरकार लाग्नेछ ।' 

त्रियुगा नगरपालिका निवर्तमान नगर प्रमुख तथा बरुवा क्याम्पसका अध्यक्ष बलदेव चौधरीले क्याम्पसलाई नमूना क्याम्पसको रुपमा विकास गर्ने योजना रहेको बताए । 

प्रकाशित मिति: बिहीबार, असोज ६, २०७९  ०५:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार