सुमेरु सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभले सम्पन्न गर्‍यो २२ औं वार्षिक साधारण सभा 

किरण केसी र राजा राजेन्द्रको हाँस्य प्रस्तुतिले सहभागी मन्त्रमुग्ध
बुधबार, असोज ५, २०७९

ललितपुर । ललितपुरको प्रतिष्ठित सहकारी संस्था सुमेरु सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडले आफ्नो २२ औं बार्षिक साधारण सभा भव्य कार्यक्रम आयोजना गरी सम्पन्न गरेको छ । ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा सहकारीले २२ औं वार्षिक साधारण सभा सम्पन्न गरेको हो । 

su1663771087.jpg
वार्षिक साधारण सभा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीको प्रमुख आतित्थमा आयोजना गरिएको थियो । वार्षिक साधारण सभामा विशेष अतिथिका रुपमा सुमेरु ग्रुपका अध्यक्ष एवम् बोत्सनाका लागि अवैतानिक राजदूत भरत महर्जन, समाजसेवी डा. जगदिशलाल बैंद्य, बरिष्ठ हाँस्यकलाकार तथा सुमेरु ग्रुपका एम्ब्यास्डर किरण केसी (रातामकै) सहभागी भएका थिए । 
बार्षिक साधारण सभाको अध्यक्षता गरेका सुमेरु सहकारीका अध्यक्ष हेमराज दाहालले संस्थाको प्रतिवेदन प्रस्तुत गरेका थिए । सचिव विनोद आचार्यले आर्थिक प्रतिवेदन पेश गरेको कार्यक्रममा उपाध्यक्ष दिलिप डंगोलले सेयर सदस्य तथा अतिथिको स्वागत गर्दै स्वागत मन्तव्यराखेका थिए । मुलुक भर नै आर्थिक तरलता देखिएपछि साधारण सभामा सुमेरुले शेयरधनीहरुलाई १८ प्रतिशत बोनस दिने घोषणा गरेको छ ।

308014223_10167201196300392_3042014291720862705_n1663771132.jpg
साधारण सभामा सुमेरु सेभिङ्ग एण्ड को–अपरेटिभ, सुमेरु अस्पताल धापाखेल,  एसियन कलेज फर एडभान्स स्टडिज, शंकरापुर एकेडेमीका विद्यार्थी तथा सुमेरु मार्टका कर्मचारीले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।  शेयर धनी, कर्मचारी, बचतकर्ता तथा शुभचिन्तकहरुको बाक्लो उपस्थिति रहेको उक्त साधारण सभामा बरिष्ठ हाँस्य कलाकार किरण केसी र हास्य कलाकार राजा राजेन्द्रले हाँस्य कला प्रस्तुत गरेका थिए । 
कार्यक्रममा नृत्य, गीतलगायतका विधामा प्रस्तुति दिएका विद्यार्थी, कर्मचारीलाई सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जनले मायाका चिनो प्रदान गरेका थिए । 

307336827_10167201196070392_2862050644699019496_n1663771182.jpg

प्रकाशित मिति: बुधबार, असोज ५, २०७९  २०:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार