सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । नेपाल पत्रकार महासङ्घले मुलुकको संविधानको सबैले अक्षरशः पालना गर्र्नुपर्ने बताएको छ । महासङ्घले संविधानले निर्दिष्ट गरेको सीमा र मर्यादाभित्र रही सबै पक्षले संवैधानिक व्यवस्थाको पालना गर्नुपर्नेमा जोड दिएको हो । महासङ्घका महासचिव रोशन पुरीद्वारा आज जारी विज्ञप्तिमा संविधानको मर्म र भावनाको उच्च कदर गर्दै संवैधानिक सर्वोच्चता कायम गर्ने विषयमा महासङ्घ सधैँ क्रियाशील रहँदै आएको उल्लेख गरिएको छ । रासस