राष्ट्रपतिसमक्ष आयोगको प्रतिवेदन पेस

बुधबार, असोज ५, २०७९

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७८ / ७९ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।  आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले राष्ट्रपति भवनमा आज  आयोजित समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम सो प्रतिवेदन पेस गरेको  राष्ट्रपतिको कार्यालयले जनाएको छ । रासस 
 

प्रकाशित मिति: बुधबार, असोज ५, २०७९  १६:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार